सुनको मूल्य अहिलेसम्मकै महँगो, भाउ आकाशिएपछि कारोबार शून्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रम जारी नै छ । पछिल्लो समय निरन्तर बढेको सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड बनाएको छ ।

 

बिहीबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५०० रुपैयाँ पुगेको छ । यो नेपाली बजारमा अहिलेसम्मकै ऐतिहासिक महँगोको रेकर्ड हो ।

 

बुधबार एकैदिन प्रतितोला १ हजार ३०० रुपैयाँले बढेर ९४ हजार पुगेको थियो । यस्तै, आज र तेजाबी सुनको मूल्य ९४ हजार ६५रुपैयाँ पुगेको छ ।यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेर १ हजार १४५ पुगेको छ ।

 

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले स्थानीय बजारमा पनि त्यसको प्रभाव देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस १ हजार ८६८.४५ डलर पुगेको छ । कोरोनाका कारण अन्य क्षेत्रको तुलनामा सुनप्रति लगानीकर्ताको आकर्षण देखिँदा पनि सुनको मूल्य बढेको हो ।

 

दैनिक सुनको मूल्य निरन्तर वृद्धि हुँदै गएपछि कारोबार शून्यमा झरेको महासङ्घले जनाएको छ । लगातार मूल्य बढेपछि देशभरका सुनचाँदी व्यवसायीले सुनको कारोबार ठप्प भएको बताएका छन् ।

८.७५% ब्याजदरमै ग्लोबल आइएमई बैंकको घर कर्जा, सेयर किन्नेलाई ९.४९ प्रतिशतमा ऋण Read Previous

८.७५% ब्याजदरमै ग्लोबल आइएमई बैंकको घर कर्जा, सेयर किन्नेलाई ९.४९ प्रतिशतमा ऋण

पुराना निर्जीवन बीमा कम्पनीलाई अजोडको टक्कर, ६ कम्पनीको व्यापार घट्यो (तथ्यांकसहित) Read Next

पुराना निर्जीवन बीमा कम्पनीलाई अजोडको टक्कर, ६ कम्पनीको व्यापार घट्यो (तथ्यांकसहित)