८.७५% ब्याजदरमै ग्लोबल आइएमई बैंकको घर कर्जा, सेयर किन्नेलाई ९.४९ प्रतिशतमा ऋण

काठमाडौं । ग्लोबल आइएमई बैंकले सस्तो ब्याजदरमा विभिन्न कर्जा योजना ल्याएको छ।

 

बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण गर्न, घरजग्गा तथा गाडी किन्न र सेयरको धितोमा कर्जा लिन इच्छुकलाई लक्षित गरी बैंकले यो योजना ल्याएको जानकारी दिएको छ।

 

ग्लोबल घर कर्जाअन्तर्गत सेवाग्राहीले २५ वर्षसम्मको अवधिका लागि ८.७५ प्रतिशत ब्याजदरमा घर जग्गा कर्जा लिन पाउँनेछन् र यो कर्जाको ब्याजदर १ वर्षसम्म स्थिर रहनेछ।

 

यसैगरी बैंकले ८.९९ प्रतिशतमा गाडी कर्जा र ९.४९ प्रतिशतमा सेयरको धितोमा कर्जा दिने भएको छ।यस योजनामा सहभागी हुने सेवाग्राहीलाई डेबिटरक्रेडिट कार्ड जारी शुल्कमा र लकर सुविधामा ५०/५० प्रतिशत छुट दिने बताएको छ।

 

बैंकका अनुसार कोरोनाले त्रसित बनाइरहेको अवस्थामा ग्राहकलाई छिटो, छरितो एवंम सहज रुपमा सेवा दिई हौसला र साथ प्रदान गर्ने उद्देश्यले छोटो अवधिमै यी कर्जा दिन दिन लागिएको हो।

 

कर्जा लिन चाहने ग्राहकले आवश्यक कागजातहरु बैंकमा पेश गरेको ३ दिनभित्र बिना झन्झट कर्जा प्राप्त गर्न सक्नेछन्। सम्पूर्ण शाखाहरुबाट यो सुविधा पाइने बैंकले जनाएको छ ।

दैनिक १५ वटासम्म अन्तर्राष्ट्रिय उडान गर्ने तयारी Read Previous

दैनिक १५ वटासम्म अन्तर्राष्ट्रिय उडान गर्ने तयारी

सुनको मूल्य अहिलेसम्मकै महँगो, भाउ आकाशिएपछि कारोबार शून्य Read Next

सुनको मूल्य अहिलेसम्मकै महँगो, भाउ आकाशिएपछि कारोबार शून्य