दैनिक १५ वटासम्म अन्तर्राष्ट्रिय उडान गर्ने तयारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले आगामी भदौ १ गते देखि दैनिक १ दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय उडान गर्ने तयारी सुरु गरेको छ ।

 

कोभिड १९ संक्रमणको जोखिमलाई हेरेर दैनिक १५ वटासम्म उडान गर्न सक्ने गरी विमानस्थलले तयारी गरेको हो ।

 

विमानस्थलमा प्रस्थान र आगमनका लागि सामान्य अवस्थामा भन्दा केही बढी समय लाग्ने भएकाले सिमित उडानबाट विमानस्थललाई सुचारु गर्ने तयारी गरिएको छ ।आन्तरिक उडानतर्फ दैनिक ३० देखि ४० वटा सम्म उडान गर्न सम्भव हुने विमानस्थल कार्यालयको भनाइ छ ।

 

अन्तर्राष्ट्रिय यात्रुका लागि विमान उडान हुने समय भन्दा कम्तिमा ४ घण्टा अघि विमानस्थल प्रस्थान हुनुपर्ने व्यवस्था गर्न लागिएको छ । स्वास्थ्य सुरक्षा अपनाउनका लागि साधन स्रोत बढाउनुपर्ने विमानस्थल कार्यालयको भनाइ छ ।

 

विमानस्थलसँग जनशक्ति प्रयाप्त भएको तर संक्रमणको जोखिम कम गर्नका लागि साधन स्रोत थप्नुपर्ने विमानस्थल कार्यालयको भनाइ छ ।

 

सरकारले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई भदौ १ गते देखि आन्तरिक र बाह्य उडान सुचारु गर्ने निर्णय गरेको छ । तर विमानस्थलले भदौ १ पछि दैनिक कति उडान गर्ने भन्ने औपचारिक निर्णय भने गरिसकेको छैन् ।

सार्वजनिक जग्गाको उपयोग गर्दै कामपा, ८ रोपनीमा पार्क बनाउँदै Read Previous

सार्वजनिक जग्गाको उपयोग गर्दै कामपा, ८ रोपनीमा पार्क बनाउँदै

८.७५% ब्याजदरमै ग्लोबल आइएमई बैंकको घर कर्जा, सेयर किन्नेलाई ९.४९ प्रतिशतमा ऋण Read Next

८.७५% ब्याजदरमै ग्लोबल आइएमई बैंकको घर कर्जा, सेयर किन्नेलाई ९.४९ प्रतिशतमा ऋण