दराज र ईसेवाले ल्यायो १ रुपैयाँमा आइफोन एसई जित्ने अफर

काठमाडौं । अनलाइन किनमेल सेवा प्रदायक दराज र अनलाइन भुक्तानी सेवा प्रदायक ईसेवाले मात्र १ रुपैयाँमा नयाँ आइफोन एसई जित्न सकिने अफर ल्याएको आएको छ ।

 

यसमा भाग लिनको लागि ग्राहकहरूले दराजमा प्रोमोकोड लगाइ आइफोन एसई केवल १ रुपैयाँमा ईसेवा बाट भुक्तानी गरी अर्डर गर्नुपर्ने छ । यो अफर साउन ७ देखि १२ सम्म उपलब्ध हुने दराजले जनाएको छ ।

 

विजेताको घोषणा साउन १६ मा दराज एप र दराज नेपालको फेसबुक पेज मार्फत गरिने छ । विजेता घोषित भएपछि सबै सहभागीले आफ्नो ईसेवा खातामा १ रुपैयाँ फिर्ता पाउनेछन् ।

 

यसका साथै ग्राहकहरुले साउन १२ देखि १९ सम्म चल्ने दराज महाबचत बजार अभियानअन्तर्गत दराजमा कुनै पनि समानको रकम ईसेवामार्फत तिर्दा १ हजार रुपैयाँसम्मको छुट पाउने जनाइएको छ ।

 

यसका साथै ग्राहकहरुले साउन १२ देखि १९ सम्म चल्ने दराज महाबचात बजार अभियान अन्तर्गत दराजमा कुनै पनि समानको रकम ईसेव मार्फत पैसा तिर्दा २० प्रतिशत (१ हजार रुपैयाँ सम्म) को छूट पाउनेछन्।

नेपाल क्लियरिङ हाउसको कारोबार संख्या २ करोड नाघ्यो, ९७ खर्ब कारोबार Read Previous

नेपाल क्लियरिङ हाउसको कारोबार संख्या २ करोड नाघ्यो, ९७ खर्ब कारोबार

सेयर बजारमा लगातार दोहोरो अंकको गिरावट, कारोबार रकमको भने साथ Read Next

सेयर बजारमा लगातार दोहोरो अंकको गिरावट, कारोबार रकमको भने साथ