सेयर बजारमा लगातार दोहोरो अंकको गिरावट, कारोबार रकमको भने साथ

काठमाडौं । सेयर बजारमा लगातार तेस्रो दिन दोहोरो अंकको गिरावट आएको छ । आइतबार करिब ८० अंकले बढेको सोमबारयता लगातार दोहोरो अंकले घटेको छ ।

 

पछिल्ला तीन दिनमा बजार सूचक करिब ४७ अंकले घटेको छ । मौद्रिक नीतिले सेयर बजारका सम्बोधन गरेपछि हौसिएका लगानीकर्ता पछिल्ला दिनमा प्रफिट बुक गर्नतिर लाग्दा बजार ओरालो लागेको अनुमान गरिएको छ ।

 

सेयर बजार मापक सूचक नेप्से १७.५० अंकले घटेर १४३२.४४ विन्दुमा आइपुगेको छ । आज १८३ कम्पनीको १ अर्ब ५३ करोड २५ लाख ११ हजार ७१६ रुपैयाँ बराबरको कारोबार भएको छ । ३५ लाख ८६ हजार कित्ता सेयर किनबेच भएको छ ।

 

आज कारोबार भएका १२ वटा समूहमध्ये होटल र म्युचुअल फन्ड बाहेक सबै समूहको परिसूचक ओरालो लागेका छन् । आज सबैभन्दा धेरै होटल समूहको परिसूचक १३४.४५ अंकले बढेको छ भने जीवन बीमा समूहको परिसूचक ७१.६ अंकले घटेको छ ।

 

आज कारोबार रकमका आधारमा एनआइसी एशिया लघुवित्त शीर्ष स्थानमा रह्यो। यसको १८ करोड १५ लाख ८४ हजार ८२१ रुपैयाँको कारोबार भएको छ । कारोबार रकमकै आधारमा नेपाल पुर्नबीमा कम्पनी र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।

 

आज तीन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सोल्टी, ओरन्टल र तारागाउँ होटलको सेयर मूल्यमा सर्किट लागेको छ । यी कम्पनीको मूल्य करिब १० प्रतिशतले बढेको छ ।

 

आज नेपाल सेवा लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ८.६१ प्रतिशतले घटेको छ ।

दराज र ईसेवाले ल्यायो १ रुपैयाँमा आइफोन एसई जित्ने अफर Read Previous

दराज र ईसेवाले ल्यायो १ रुपैयाँमा आइफोन एसई जित्ने अफर

तीनकुने आर्क ब्रिजको नयाँ ठेक्का गर्ने तयारी, पप्पुले बनाएका ३ वटा फाउन्डेशन कामै नलाग्ने Read Next

तीनकुने आर्क ब्रिजको नयाँ ठेक्का गर्ने तयारी, पप्पुले बनाएका ३ वटा फाउन्डेशन कामै नलाग्ने