जगदम्बा मोटर्सले निःशुल्क बाँड्यो ४ हजार मास्क

काठमाडौ । कोरोना संक्रमणको जाखिमलाई मध्येनजर गर्दै जगदम्बा मोटर्सले लायन्स क्लब अफ काठमाडौं समर्पण’को सहकार्यमा निःशुल्क मास्क वितरण गरेको छ ।

 

हाल देशमा लकडाउन खुकुलो गरिएसँगै मानिसहरुको आवतजावत बढेको अवस्थालाई मध्येनजर गर्दै मानिसहरुको धेरै चहलपहल हुने स्थानहरु मध्येको कालिमाटी तरकारी बजार, बल्खु तरकारी बजार, यातायात कार्यालय, असन, बसन्तपुर, कलंकी, पाटन दरबार क्षेत्रहरुमा जगदम्बा मोटर्सले लायन्सको सहकार्यमा निःशुल्क मास्क वितरण गर्ने सप्ताहव्यापी अभियान सम्पन्न गरेको हो ।

 

यस अभियान अन्तर्गत ४००० थान मास्कहरु सर्वसाधारणलाई निःशुल्क वितरण गरिएको थियो । अभियानमा मास्क वितरण सँगसँगै सर्वसाधारणलाई मास्क लगाउने उचित तरिका, मास्क लगाउँदा कोरोना भाइरसबाट बच्ने ज्ञानका साथै भिडभाडमा सामाजिक दूरी कसरी कायम गर्ने, हात धुने लगायतका जनचेतनामूलक जानकारीहरु पनि प्रदान गरिएको थियो ।

 

जगदम्बा मोटर्सले बिक्री वितरण गर्दै आएका मोटरसाइकल तथा स्कुटरहरु नेपाली बजारमा निकै चर्चित रहेका छन् । कम्पनीले बिक्री गर्ने मोटरसाइकल, स्कुटर र थ्रि ह्वीलर्सहरु नेपाली समाजसँग जोडिएकाले त्यही समाजमा नै केही योगदान गर्ने नीति अनुसार कम्पनीले विशेषरुपमा काम गर्दै आएको छ ।

 

अभिायन संचालन गर्नुको उद्देश्यका बारेमा प्रष्ट पार्दै जगदम्बा मोटर्स प्रालिका भाइस प्रेसिडेन्ट श्री दिपककुमार अग्रवालले भने ‘कोभिड १९ बाट हामी सबै त्रसित छौं । यसबाट बच्ने एकमात्र सजिलो उपाय भनेको हामी स्वंयम सजग र सचेत रहनु हो । यसैले हामीले आम नागरिकहरुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर कोरोना भाइरसबाट बच्नका लागि आवश्यक उपायहरु अबलम्बन गर्न आग्रह गर्नुका साथै मास्कसमेत वितरण गरेरका हौं ।’

 

जगदम्बा मोटर्स प्रालिले यो कार्यक्रम आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत संचालन गरेको हो । एक सातासम्म संचालन गरिएको यो अभियानको अन्तिम दिन पाटन दरबार क्षेत्रमा कार्यक्रम संचालन गरिएको थियो ।

 

टीभीएस मोटरसाइकल, स्कूटर तथा थ्री ह्वीलर्सका वितरक जगदम्बा मोटर्सको उद्देश्य नै ‘टीभीएस साथ छ हाम्रो’ श्रृखलामार्फत् समाजमा योगदान दिइरहेको छ । कम्पनीले विगतमा पनि यसप्रकारका सामाजिक चेतनामूलक एवं सहभागितामूलक विविध कार्यक्रमहरु संचालनमा विभिन्न संघ-संस्थाहरुसँग सहकार्य गर्दै आएको छ ।

घरजग्गाको कारोबार घट्यो, राजश्व संकलन लक्ष्यभन्दा १६ अर्ब कम Read Previous

घरजग्गाको कारोबार घट्यो, राजश्व संकलन लक्ष्यभन्दा १६ अर्ब कम

लामोदूरीको यातायात भदौ १ गतेबाट चल्ने, जोर-बिजोर हट्यो Read Next

लामोदूरीको यातायात भदौ १ गतेबाट चल्ने, जोर-बिजोर हट्यो