लामोदूरीको यातायात भदौ १ गतेबाट चल्ने, जोर-बिजोर हट्यो

काठमाडौं । निजी सवारी साधानमा लगाउँदै आएको जोर विजोर प्रणाली हटेको छ । मन्त्रिपषिद्को सोमबार बसेको बैठकले जोर विजोर हटाउने निर्णय गरेको हो ।

 

सार्वजनिक यातायात सञ्चालन पनि भएकाले निजी सवारीको जोर विजोर हटाइएको हो । सरकारले गत असार १ गतेबाट जोर-बिजोरमा निजी सवारी साधन चलाउन दिने निर्णय गरेको थियो ।

 

साथै, सरकारले लामो दूरीका यातायातका साधन आगामी भदौ १ गतेबाट संचालनमा ल्याउने सरकार प्रबक्ता डा. युवराज खतिवडाले जानकारी दिए ।

जगदम्बा मोटर्सले निःशुल्क बाँड्यो ४ हजार मास्क Read Previous

जगदम्बा मोटर्सले निःशुल्क बाँड्यो ४ हजार मास्क

अब १ हजारको नोटमा ‘राम-लक्ष्मण’ Read Next

अब १ हजारको नोटमा ‘राम-लक्ष्मण’