टेलिकमको संघीय संरचना परिवर्तन गर्ने कार्य शुरु

काठमाडौं । नेपाल टेलिकमले मुलुकको सङ्घीय संरचना अनुसार कम्पनीको संरचना परिवर्तन गर्ने कार्य शुरु गरेको छ ।

 

टेलिकमको सञ्चालक समितिको २०७६ फागुन १९ को निर्णयबमोजिम काम शुरु गरिएको प्रवक्ता राजेश जोशीले जानकारी दिए ।

 

निर्णयानुसार टेलिकमले मुलुकको सङ्घीय संरचनाबमोजिम कामकाज गर्न सहज हुनेगरी नेपाल टेलिकम प्रादेशिक निर्देशनालय, विराटनगर प्रदेश नं. १, प्रादेशिक निर्देशनालय, वीरगञ्ज प्रदेश नं. २, प्रादेशिक निर्देशनालय, काठमाडौँ बागमती प्रदेश, प्रादेशिक निर्देशनालय, पोखरा गण्डकी प्रदेश, प्रादेशिक निर्देशनालय, भैरहवा प्रदेश नं. ५, प्रादेशिक निर्देशनालय, सुर्खेत कर्णाली प्रदेश र प्रादेशिक निर्देशनालय अत्तरिया, सुदूरपश्चिम प्रदेशको स्थापना गर्ने भएको छ ।

 

टेलिकमले आइतबार साविक पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालयअन्तर्गत रहेको नेपाल टेलिकमको पोखरास्थित कार्यालयलाई सङ्घीय संरचनानुसार नेपाल टेलिकम प्रादेशिक निर्देशनालय पोखरा, गण्डकी प्रदेशमा रुपान्तरण गरेको छ ।

 

टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले कार्य सम्पादनमा आधारित प्रोत्साहन व्यवस्था लागू भइसकेकाले आफू कार्यरत सम्बन्धित प्रदेश प्रमुख तथा समस्त कर्मचारीको संयुक्त प्रयासबाट प्रदेशलाई दूरसञ्चार सेवा विस्तार, सुदृढीकरण र ग्राहक सेवामा अब्बल सावित गर्ने लक्ष्य रहेको बताए।

थप १८६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७ हजार ८४४ पुग्यो Read Previous

थप १८६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७ हजार ८४४ पुग्यो

भदौ १ गतेदेखि हवाइ उडान खुला गर्ने सरकारको निर्णय Read Next

भदौ १ गतेदेखि हवाइ उडान खुला गर्ने सरकारको निर्णय