थप १८६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७ हजार ८४४ पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १८६ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या १७ हजार ८४४ पुगेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशका विभिन्न जिल्लामा थप १८६ जनामा कोरोना पुष्टि भएको हो ।

 

देशका ७७ वटै जिल्लामा कोरोना संक्रमण फैलिएकोमा ८ जिल्ला भने कोरोना मुक्त भएका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार भोजपुर, पाँचथर, धनकुटा, रसुवा, मनाङ, मुस्ताङ, हुम्ला र जुम्लामा संक्रमितको संख्या शून्यमा झरेको छ ।

 

पछिल्लो २४ घण्टामा थप १७३ जना डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको भई घर फर्कनेको संख्या ११ हजार ८६८ पुगेको छ ।

 

हालसम्म कोरोनाले मृत्यु हुनेको संख्या ४० पुगेको छ ।

गत आवमा २०० पुल निर्माण सम्पन्न, देशभर अझै १५ सय पुल निर्माणधीन र जीर्ण अवस्थामा Read Previous

गत आवमा २०० पुल निर्माण सम्पन्न, देशभर अझै १५ सय पुल निर्माणधीन र जीर्ण अवस्थामा

टेलिकमको संघीय संरचना परिवर्तन गर्ने कार्य शुरु Read Next

टेलिकमको संघीय संरचना परिवर्तन गर्ने कार्य शुरु