काठमाडौं । साउन लागे सँगै बैंक तथा वित्तीय संस्थाहरुले धमाधम वित्तीय विवरण सार्वजनिक गर्न थालेका छन् । यसैक्रममा प्रभु बैंकले आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
बैंकले सार्वजनिक गरेको विवरण अनुसार खुद नाफामा अप्रत्यासित छलाङ मारेको छ । बैंकले अघिल्लो वर्षको तुलनामा खुद नाफा ११२.०४% ले बढाउन सफल भएको छ ।
बैंकले अघिल्लो वर्षको तुलानमा यो वर्ष १ अर्ब ८ करोड बढी नाफा कमाउदै आर्थिक वर्षको अन्त्यसम्ममा २ अर्ब ५ करोड ५ लाख ६४ हजार रुपैयाँ पुर्याएको छ । बैंकले अघिल्लो वर्ष यसै अवधिमा ९६ करोड ७० लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।
बैंकले प्रकाशित गरेको विवरण अनुसार प्रायः सबै सूचकहरुमा प्रगति गरेको छ । बैंकले खुद ब्याज आम्दानी, सञ्चालन नाफा प्रतिसेयर आम्दानी, जिर्भभ कोष लगायत अन्य महत्वपूर्ण सूचकहरुमा पनि आकर्षक सुधार गरेको छ ।
यस्तै विगतमा किष्ट, ग्राण्ड, नेपाल विकास बैंक जस्ता खराब कम्पनीलाई आफूमा मिसाएको बैंकले खराब कर्जा घटाउनु निस्क्रिय कर्जा अनुपातमा ठूलो सुधार ल्याउनु बैंकका आशा लाग्दा पक्ष हुन् ।
बैंकले १ खर्ब १२ अर्ब निक्षेप संकलन गरी ८६ अर्ब कर्जा प्रवाह गरेको छ । बैंकले प्रतिसेयर आम्दानी ११.६ रुपैयाँले बढाएर २४.१८रुपैयाँ पुर्याएको छ । बैंकको प्रतिसेयर नेटवर्थ १६३.८० रुपैयाँ रहेको छ ।
बैंकको वितरणयोग्य नाफा एक अर्ब ७३ करोड पुगेको छ । जसबाट बैंकले लगानीकर्तालाई १९ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने क्षमता राख्दछ ।
यस्तो छ बैंकका प्रमुख सूचकहरुको अवस्था :
