उपत्यका सडक विस्तार आयोजनाले ९८ प्रतिशत खर्च गर्‍यो

काठमाडौं । उपत्यका सडक विस्तार आयोजना अन्तर्गत १७.७८ किलोमिटर सडक कालोपत्रे भएको छ । सडक डिभिजन कार्यालय काठमाडौंका अनुसार आर्थिक वर्ष २०७५/७६ सालमा कुल १८ किलोमिटर मध्ये १७.७८ किलोमिटर सडक कालोपत्रे भएको हो ।

 

आर्थिक वर्ष २०७५/७६ सालमा सडक विस्तार आयोजनाका लागि १ अर्ब ५१ करोड ७५ लाख रुपैयाँ विनियोजन भएको थियो । सो बजेट मध्ये १ अर्ब ४८ करोड ६८ लाख रुपैयाँ खर्च भएको छ । सडक विस्तार आयोजनाका लागि छुट्याइएको रकम मध्ये ३ करोड ६ लाख रुपैयाँ फ्रिज भएको डिभिजन कार्यालयले जानकारी दिएको छ ।

 

यस्तै रणनीतिक सडक व्यवस्थापना तथा सुधार अन्तर्गत ८२ प्रतिशत काम सम्पन्न भएको विभागका सूचना अधिकारी सुदर्शन कार्कीले जानकारी दिए । उनले यस अन्तर्गत सडकहरु ठाउँ ठाउँमा ढलान गरी निर्माण भएको जानकारी दिए ।

 

राष्टिय पुननिर्माण तर्फ सय प्रतिशत नै काम सम्पन्न भएको उनले बताए । उनका अनुसार कुल २.१ किलोमिटर कालोपत्रे गर्ने लक्ष्य रहेकोमा लक्ष्यको १०० प्रतिशत नै काम सम्पन्न भएको हो ।

 

सडक विभागले हाल १५ सय किलोमिटर सडक निर्माणको काम हेर्दै आएको छ । विभागले काठमाडौं उपत्यका भित्र सडक डिभिजन कार्यालय अन्तर्गत पर्ने सबै जसो सडक कालोपत्रे भएको जनाएको छ । सडक विभागले गत वर्ष लक्ष्यको ९० प्रतिशत सडक कालोपत्रे गरेको कार्कीको दावी छ ।

 

यस्तै आर्थिक वर्ष २०७५/७६ सालमा खाल्टा खुल्टी पुर्ने तथा सडक टाल्ने काम ८० प्रतिशत पुरा भएको छ । गत आर्थिक वर्षमा ४ किलोमिटर सडकका खाल्टा खुल्टी पुर्ने लक्ष्य लिइएकोमा ३.४ किलोमिटर सडकका खाल्टा खुल्टी टाल्ने काम भएको डिभिजन कार्यालय काठमाडौंले जानकारी दिएको छ ।

बैंक तथा वित्तीय संस्थाकाे वेबसाइट नेपालीमा हुनुपर्ने Read Previous

बैंक तथा वित्तीय संस्थाकाे वेबसाइट नेपालीमा हुनुपर्ने

प्रभु बैंकको नाफामा छलाङ, कति पुग्यो प्रतिसेयर आम्दानी ? Read Next

प्रभु बैंकको नाफामा छलाङ, कति पुग्यो प्रतिसेयर आम्दानी ?