बैंक तथा वित्तीय संस्थाकाे वेबसाइट नेपालीमा हुनुपर्ने

काठमाडौं । नेपालमा सञ्चालनमा रहेका बैंक तथा वित्तीय संस्थाले अब आफ्नो वेबसाइटमा राखिने सामाग्री नेपाली भाषमा प्रकाशन गर्नु पर्ने भएको छ । राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीति मार्फत यस्तो व्यवस्था गरेको हो ।

 

बैंक तथा वित्तीय संस्थाले आफ्नो वेबसाइटमा प्रकाशन गर्ने सामाग्री साधरण लेखपढ गर्न जान्ने सर्वसाधरणले पनि पढ्न सकून भन्ने उद्देश्यले राष्ट्र बैंकले यस्तो व्यवस्था गर्न भनेकाे हाे ।

 

अहिले अधिकांश बैंक तथा वित्तीय संस्थाले आफ्नो वेबसाइटमा प्रकाशन गर्ने सामाग्री अंग्रेजी भाषमा प्रकाशन गर्दै आएका छन् ।

अब बैंकले बीमा पोलिसी बेच्न नपाउने Read Previous

अब बैंकले बीमा पोलिसी बेच्न नपाउने

उपत्यका सडक विस्तार आयोजनाले ९८ प्रतिशत खर्च गर्‍यो Read Next

उपत्यका सडक विस्तार आयोजनाले ९८ प्रतिशत खर्च गर्‍यो