अब बैंकले बीमा पोलिसी बेच्न नपाउने

काठमाडौं । अबदेखि बैंक तथा बित्तीय संस्थाहरुले बीमा पोलिसी बेच्न नपाउने भएका छन् । पछिल्लो समय बैंक वित्तीय संस्थाले ऋणीलाई अनावश्यक बीमा पोलिसी भिडाउन थालेपछि मौद्रिक नीति मार्फत नै केन्द्रीय बैंकले कडाइ गरेको हो ।

 

राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीति मार्फत यस्तो व्यवस्था गरेको हो ।

 

कर्जा सुरक्षणको लागि मात्रै राखिएको सम्पत्तिको ऋणीले बीमा गराउनु पर्ने छ । त्यस बाहेक अन्य कुनै पनि बीमा पोलिसी ऋणीलाई बिक्री गर्न बैंक वित्तीय संस्थालाई बन्देज गरिएको छ ।

 

अब बैंक तथा वित्तीय संस्थाले ऋणीले चाहेको बीमा कम्पनीबाट मात्रै बीमा गराउन पाउनेछन् ।

३ करोड १४ लाख बचत खाता संचालनमा, कर्जा लिने ४० लाखभन्दा बढी Read Previous

३ करोड १४ लाख बचत खाता संचालनमा, कर्जा लिने ४० लाखभन्दा बढी

बैंक तथा वित्तीय संस्थाकाे वेबसाइट नेपालीमा हुनुपर्ने Read Next

बैंक तथा वित्तीय संस्थाकाे वेबसाइट नेपालीमा हुनुपर्ने