काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाहरुले अनिवार्य रूपमा सहुलियतपूर्ण कर्जा प्रवाह गर्नुपर्ने भएको छ ।
पछिल्लो समय सहुलियतपूर्ण कर्जा लिन चाहनेको संख्यामा वृद्धि भए पनि बैंकबाट त्यस्तो ऋण नपाएको गुनासो बढेपछि राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिमार्फत यस्तो व्यवस्था गरेको हो ।
राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जामा नयाँ व्यवस्था गर्दै वाणिज्य बैंक र विकास बैंकले अनिवार्य सहुलियतपूर्ण कर्जा जारी गर्नु पर्ने भएको छ ।
नयाँ व्यवस्था अनुसार अब वाणिज्य बैंकहरुले एक आर्थिक वर्षम न्यूनतम ५०० वटा वा प्रतिशाखा १० जनालाई यस्तो कर्जा प्रवाह गर्नु पर्नेछ ।
यस्तै, ‘ख’ वर्गका विकास बैंकहरूले कम्तीमा ३०० वा न्यूनतम प्रतिशाखा ५ जनालाई सहुलियत कर्जा प्रवाह गर्नु पर्नेछ ।