काठमाडौं । राष्ट्र बैंकले पहिलो पटक घर किन्न चाहाने र आवास बनाउन चाहानेका लागि सहजीकरण गरेको छ ।
राष्ट्र बैंकले शहरी विकास र व्यवस्थित बसोबास प्रोत्साहित गर्दै पहिलो घर निर्माणका लागि प्रवाह गरिने निजी आवासीय कर्जाको हकमा कर्जा सुरक्षण (धितो) मूल्य अनुपातको सीमा ६० प्रतिशत कायम गरेको छ । यसअघि यस्तो सीमा ५० प्रतिशत थियो ।
अनुमति प्राप्त घर–जग्गा व्यवसायीबाट सञ्चालन गरिने नेपाल सरकारबाट स्वीकृति प्राप्त निर्माणाधीन आवास आयोजनाको लागि र व्यक्तिलाई पहिलो घर निर्माणका लागि सो व्यवस्था मौद्रिक नीतिमा उल्लेख छ ।
घर जग्गा तथा रियल स्टेट क्षेत्रमा प्रवाह हुने कर्जाको सम्बन्धमा कर्जा सुरक्षण मूल्य अनुपात काठमाडौं उपत्यका भित्रको लागि ४० प्रतिशत र अन्य स्थानको हकमा ५० प्रतिशत कायम गरिएको छ ।