डिशहोमका सुदिप आचार्यको अध्यक्षतामा टिभी अपरेटर एशोसिएशन स्थापना गरिँदै

काठमाडौं । टेलिभिजन अपरेटर तथा उपभोक्ताहरुको हकहितको संरक्षण गर्ने उद्देश्यले डिजिटल टिभी अपरेटर एशोसिएशन अफ नेपाल स्थापना गरिने भएको छ ।

 

शुक्रबार बसेको डिजिटल टिभी अपरेटरहरुको भेलाले प्रस्तावित संस्था स्थपनाका लागि डिशहोमका प्रबन्ध निर्देशक सुदीप आचार्यको अध्यक्षतामा तदर्थ समिति गठन गरेको छ ।

 

उक्त समितिको अन्य सदस्यहरुमा म्याक्स टिभीका दिनेश सुवेदी, मेरो टिभीका प्रकाश घिमिरे, भायो टिभीका विनय बोहोरा, ब्रोड टिभीका विनोद तिमल्सिना, नेट टिभीका निरन राज भण्डारी, प्रभु टिभीका रविन सुवेदी तथा क्लियर टिभीका अमित थापा रहेका छन् ।

 

विभिन्न भारतीय न्यूज च्यानलले प्रधानमन्त्री केपीशर्मा ओली बारे भ्रामक,घृणित कपोकल्पित सामग्री प्रसारण गरी नेपालीको आस्था माथि नै प्रहार गरेको भन्दै उनीहरुले अर्को सूचना जारी नभएसम्म भारतीय न्यूज च्यानलहरु आजतक, एबीपी न्यूज, जीन्यूज तथा इन्डिया टिभी न्यूजलाई प्रतिबन्ध लगाइएको जानकारी गराए ।

 

यस्तै उनीहरुले सञ्चार मन्त्रालयसँग समन्वय गरी आगामी ३ महिना भित्र क्लीन फिड लागू गरिने समेत तयारी भइरहेको जानकारी गराए ।

अब नयाँ लघुवित्तलाई लाइसेन्स नपाउने Read Previous

अब नयाँ लघुवित्तलाई लाइसेन्स नपाउने

पहिलो पटक घर किन्नेलाई राष्ट्र बैंकको साथ Read Next

पहिलो पटक घर किन्नेलाई राष्ट्र बैंकको साथ