अब नयाँ लघुवित्तलाई लाइसेन्स नपाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाको सञ्चालन अनुमति इजाजत (लाइसेन्स) प्रक्रिया स्थगित गरेको छ ।

 

चालू आर्थिक वर्षको मौद्रिक नीति मार्फत राष्ट्र बैंकले अर्को व्यवस्था नभएसम्मका लागि नयाँ लघुवित्त कम्पनीहरुको इजाजत प्रक्रिया स्थगन गरेको हो । साथै, राष्ट्र बैंकले मौद्रिक नीति मार्फत हाल इजाजतको प्रक्रियामा रहेका लघुवित्त संस्थाहरुको प्रक्रिया समेत रद्द गरिदएको छ ।

 

यसैगरी लघुवित्त संस्थाहरुको कर्जा सीमा १५ लाख रुपैयाँ पुर्याइएको छ । राष्ट्र बैंकले लघुवित्त संस्थाहरुले ऋणीहरुबाट लिइरहेको ब्याजदरलाइ पनि नियन्त्रण गरेको छ । लघुवित्त संस्थाहरुले अब १५ प्रतिशत भन्दा बढी ब्याजदर दिन नपाउने भएका हुन् ।

 

लघुवित्तको ब्याजदर पनि बेस रेट लगायतका अधारमा व्यवस्थित ढंगले तय गरिने व्यवस्था राष्ट्र बैंकले मौद्रिक नीति मार्फत व्यवस्था गरेको छ । गरेको छ ।

बैंकका सीईओ र संचालकको तलब भत्तामा राष्ट्र बैंकको अंकुश (मौद्रिक नीतिको पूर्णपाठ) Read Previous

बैंकका सीईओ र संचालकको तलब भत्तामा राष्ट्र बैंकको अंकुश (मौद्रिक नीतिको पूर्णपाठ)

डिशहोमका सुदिप आचार्यको अध्यक्षतामा टिभी अपरेटर एशोसिएशन स्थापना गरिँदै Read Next

डिशहोमका सुदिप आचार्यको अध्यक्षतामा टिभी अपरेटर एशोसिएशन स्थापना गरिँदै