बैंकका सीईओ र संचालकको तलब भत्तामा राष्ट्र बैंकको अंकुश (मौद्रिक नीतिको पूर्णपाठ)

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ), संचालक समिति तथा पदाधिकारीको सेवा सुविधामा अंकुश लगाएको छ ।

 

शुक्रबार नेपाल राष्ट्र बैंकमा गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७÷७८को मौद्रिक नीतिमार्फत यस्तो व्यवस्था गरिएको हो ।

 

कोरोनाबाट सृजित विषम परिस्थितिमा बैंक तथा वित्तीय संस्थाहरुले अनावश्यक खर्च कटौती गर्नुपर्ने भन्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका सीईओ, संचालक, पदाधिकारी लगायतको तलब, बैठक भत्ता लगायतका सुविधामा कडाइ गरेको हो ।

 

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुका संचालक, पदाधिकारीले विविध शीर्षका भत्ता लिने क्रम बढेपछि त्यसलाई नियन्त्रण गर्न राष्ट्र बैंकले यस्तो कदम चालेको अधिकारीले जानकारी दिए ।

 

बैंकका ऋणीलाई राहत, किस्ता तिर्ने म्याद १ वर्ष थपियो Read Previous

बैंकका ऋणीलाई राहत, किस्ता तिर्ने म्याद १ वर्ष थपियो

अब नयाँ लघुवित्तलाई लाइसेन्स नपाउने Read Next

अब नयाँ लघुवित्तलाई लाइसेन्स नपाउने