बैंकका ऋणीलाई राहत, किस्ता तिर्ने म्याद १ वर्ष थपियो

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको साँवा तथा ब्याज तिर्ने समयवधि थप गरेको छ ।

 

शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक गर्दै कर्जाको प्रकृति अनुसार किस्ता र ब्याज तिर्ने समय न्यूनतम ६ महिनादेखि १ वर्षसम्म थप गरेको जानकारी गराए ।

 

मौद्रिक नीति अनुसार कोभिड १९बाट सृजित विषम परिस्थितिलाई मध्ये नजगर गर्दै अल्पकालीन कर्जा लिएका ऋणीले २०७७ असार मसान्तसम्म तिर्नु पर्ने किस्ता रकम २०७७ पुससम्म तिरे हुने भएको छ ।

 

यसैगरी कोरोनाबाट आशिंक प्रभावित क्षेत्रका ऋणीको कर्जा तिर्ने समय ९ महिना थप गरिएको छ । यस्ता ऋणीले २०७७ असार मसान्तमा तिरिसक्नुपर्ने कर्जाको साँवा तथा ब्याज अब चैत मसान्तसम्ममा तिर्नु पर्नेछ ।

 

यस्तै, कोरोनाबाट अति प्रभावित पर्यटन लगायत क्षेत्रका ऋणीको ऋण तिर्ने समय १ वर्ष थप भएको छ । यस क्षेत्रका ऋयाीले २०७७ असार मसान्तसम्म तिरिसक्नु पर्ने कर्जा २०७८ को असार मसान्त सम्ममा तिरिसक्नु पर्ने भएको छ ।

अब बैंकहरुले १५ प्रतिशत कर्जा कृषिमा लगानी गर्नुपर्ने, ऊर्जामा पनि लगानी सीमा बढ्यो Read Previous

अब बैंकहरुले १५ प्रतिशत कर्जा कृषिमा लगानी गर्नुपर्ने, ऊर्जामा पनि लगानी सीमा बढ्यो

बैंकका सीईओ र संचालकको तलब भत्तामा राष्ट्र बैंकको अंकुश (मौद्रिक नीतिको पूर्णपाठ) Read Next

बैंकका सीईओ र संचालकको तलब भत्तामा राष्ट्र बैंकको अंकुश (मौद्रिक नीतिको पूर्णपाठ)