अब बैंकहरुले १५ प्रतिशत कर्जा कृषिमा लगानी गर्नुपर्ने, ऊर्जामा पनि लगानी सीमा बढ्यो

काठमाडौं । वाणिज्य बैंकहरुले कुल ऋण लगानीको १५ प्रतिशत कर्जा अनिवार्य रुपमा कृषिमा लगानी गर्नु पर्ने भएको छ । यसअघि यस्तो सीमा १० प्रतिशत थियो ।

 

शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो जानकारी गराएका हुन् ।

 

बैंकहरुले आर्थिक वर्ष २०८० सम्म आफ्नो कुल कर्जा लगानीको न्यूनतम १५ प्रतिशत रकम कृषि क्षेत्रमा लगानी गर्नु पर्नेछ ।कृषि क्षेत्रमा आत्मनिर्भर बनाउने सरकारको लक्ष्य अनुसार बैंकहरुले कृषि कर्जा लगानी गर्नु पर्नेछ ।

 

यस्तै मौद्रिक नीतले ऊर्जा क्षेत्रमा गर्नुपर्ने लगानीको सीमा पनि ५ प्रतिशत बढाएको छ । अब बैंकहरुले आव २०८१ सम्मका कुल कर्जाको १० प्रतिशत कर्जा ऊर्जा क्षेत्रमा लगानी गर्नु पर्ने भएको छ ।

डीडीसीको अफर : चीज, घिउ र नौनी किन्दा दही सित्तैमा Read Previous

डीडीसीको अफर : चीज, घिउ र नौनी किन्दा दही सित्तैमा

बैंकका ऋणीलाई राहत, किस्ता तिर्ने म्याद १ वर्ष थपियो Read Next

बैंकका ऋणीलाई राहत, किस्ता तिर्ने म्याद १ वर्ष थपियो