डीडीसीको अफर : चीज, घिउ र नौनी किन्दा दही सित्तैमा

काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी)ले ७ दिनका लागि उपभोक्ता उपहार योजना ल्याएको छ ।

 

संस्था स्थापना भएको ५२ वर्ष पुगेका उपलक्ष्यमा संस्थानका बिक्री केन्द्रबाट यही साउन ७ गतेसम्मका लागि दही, आइसक्रिम र पोली दही उपहार योजना ल्याएको संस्थानका बजार निर्देशक सञ्जीव झाले बताए।

 

याकको चीज ५०० ग्राम खरीद गरेमा ५०० मिलिलिटर दही, २०० ग्राम खरीद गरेमा १०० मिलिलिटर आइसक्रिम, १ लिटर घिउ खरीदमा ५०० मिलिलिटर पोली दही, ५०० मिलिलिटर घिउ खरीदमा १०० मिलिलिटर दही, १ केजी नौनी खरीदमा ५०० मिलिलिटर दही र ५०० मिलिलिटर कञ्चन चिज खरीदमा १०० मिलिलिटर आइसक्रिम उपहार दिने भएको छ ।

 

संस्थानले ४४ जिल्लामा १ हजार २०० दुग्ध उत्पादक सहकारी संस्थामार्फत करीब २ लाख किसानको संलग्नतामा दूध सङ्कलन गर्दै आएको छ ।

नेपालको सडक पूर्वाधार स्तरोन्नतिका  लागि विश्व बैंकले दियो ५४ अर्ब ऋण Read Previous

नेपालको सडक पूर्वाधार स्तरोन्नतिका लागि विश्व बैंकले दियो ५४ अर्ब ऋण

अब बैंकहरुले १५ प्रतिशत कर्जा कृषिमा लगानी गर्नुपर्ने, ऊर्जामा पनि लगानी सीमा बढ्यो Read Next

अब बैंकहरुले १५ प्रतिशत कर्जा कृषिमा लगानी गर्नुपर्ने, ऊर्जामा पनि लगानी सीमा बढ्यो