माछापुच्छ्रे बैंकको ब्रान्ड एम्बासडरमा अभिनेत्री स्वेता खड्का नियुक्त

काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो ब्रान्ड एम्बासडरमा अभिनेत्री एवं समाजसेवी स्वेता खड्कालाई नियुक्त गरेको छ ।

 

बैंकले आफ्नो व्यवसाय प्रवद्र्धनका लागि खड्कालाई एम्बासडरमा नियुक्त गरेको हो । माछापुच्छ्रे बैंक लाजिम्पाटमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा नायिका स्वेता खड्काले सझौतापत्रमा हस्ताक्षर गरे ।

 

अभिनेत्री, समाजसेवी, युवा व्यवसायी एंव अन्य थुपै क्षेत्रमा राम्रो छवि बनाउन सफल खड्काको माध्यमबाट समाजका हरेक तह र तप्कासम्म बैंकको पहुँच पुग्ने विश्वास बैंकले लिएको छ ।

 

नायिका खड्काले २० वर्ष लामो इतिहास बोकेको बैंकसँग ब्रान्ड एम्बासडरको रुपमा आवद्ध हुन पाउदाँ आफुलाई खुशी लागेको बताउँदै आगामि दिनमा बेंकलाई थप उचाईमा पुर्याउन आफ्नो तर्फबाट आवश्यक भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरिन् ।

 

बैंकले हाल देशभरका १५९ वटा शाखाहरु, १३४ शाखारहित बैकिङ सेवा समेत गरी जम्मा २९३ स्थानमा रहेका सेवा सञ्जाल तथा १९८ वटा एटीएमहरु तथा १ हजारभन्दा बढी पीओएस मार्फत ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

नेपाल लाइफको कार्यवाहक सीईओमा सन्तोष प्रसाई Read Previous

नेपाल लाइफको कार्यवाहक सीईओमा सन्तोष प्रसाई

सेयर बजारमा उछाल : अर्ब बढीको कारोबार, बैंकिङ समूहको दबदबा Read Next

सेयर बजारमा उछाल : अर्ब बढीको कारोबार, बैंकिङ समूहको दबदबा