काठमाडौं । पछिल्लो समय लगातार उकालो लागेको सेयर बजारमा आज उछाल आएको छ । यससाता आइतबारदेखि नै निरन्तर बढेको बजार साताको अन्तिम दिन उच्च अंकले बढेको छ ।
सेयर बजार मापक सूचक नेप्से ३२.४२ अंकले बढेर १३९४.७७ विन्दुमा पुगेको छ । आज १८० कम्पनीको १ अर्ब ४ करोड १७ लाख ७० हजार ८६७ रुपैयाँ बराबरको कारोबार भएको छ । १९ लाख १४ हजार ५१८ कित्ता सेयर खरिदबिक्री भएका छन् ।
कारोबार भएका १२ वटै समूहको परिसूचक उकालो लागेका छन् । आज सबैभन्दा धेरै जीवन बीमा समूहको परिसूचक १३१.३५ अंकले बढेको छ । बैकिङ समूह पनि ४०.९९ अंकले बढेको छ ।
कारोबार रकमको आधारमा आज नेपाल पुनर्बीमा कम्पनीको सेयर शीर्ष स्थानमा रह्यो । यसको ९ करोड ४१ लाख ७२ हजार ५६४ रुपैयाँको कारोबार भएको छ । कारोबारकै आधारमा एनएमबी बैंक र एनआइसी एशिया बैंक क्रमशः दोस्रो र तेस्रोमा रहेका छन् ।
आज एनआइसी एशिया लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै करिब १० प्रतिशतले बढेको छ भने ओरेन्टल होटलको सेयर मूल्य सबैभन्दा धेरै ६.३८ प्रतिशतले घटेको छ ।