इजीलिंक रेमिटेन्स नेपाल क्लियरिङ हाउसमा आबद्ध

काठमाडौं । इजीलिंक रेमिटेन्स प्रालिले नेशनल पेमेन्ट्स इन्टरफेसको प्रयोग गरी रेमिटेन्स कारोबारहरु सीधै लाभग्राहीको बैंक खातामा जम्मा हुने गरी सुविधा दिन अप्रत्यक्ष सदस्यको रुपमा नेपाल क्लियरिङ हाउसमा आबद्ध भएको छ ।

 

यो व्यवस्थासँगै इजीलिंक रेमिटेन्सका भुक्तानीका कारोबारहरु कनेक्ट आइपीएस इपेमेन्ट प्रणाली मार्पmत रियल टाइममा तुरुन्तै भुक्तानी गर्न सकिन्छ भने अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमार्पmत तोकिएको समय सीमामा समेत भुक्तानी कारोबारहरु गर्न सकिनेछ ।

 

यस साझेदारीले बैंक खातामा आधारित रेमिटेन्सको लागि इजीलिंकको सेवा प्रवाहमा उल्लेख्य सुधार ल्याउने अपेक्षा गरिएको छ । विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएको एनपीआइ मार्फत हाल उपलब्ध कनेक्ट आइपीएस र एनसीएचए आइपीएसको सञ्जालमा क्रमशः ५२ र ६३ सदस्य बैंक तथा वित्तिय संस्थाहरु आबद्ध रहेका छन् ।

 

एनसीएचएलले यसले आफ्ना भुक्तानी प्रणालीहरुमा विभिन्न इन्स्योरेन्स, रेमिट्यान्स, पीएसपी/ पीएसओ , सरकारी तथा अर्ध–सरकारी संस्थाहरुलाई इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आबद्ध गराई सेवा प्रदान गर्दै आएको छ ।

 

यसमा हाल आईएमई लिमिटेड, सिटी एक्सप्रेस मनि ट्रान्सफर, जीएमई रेमिट, भाटभटेनी रेमिट, क्याशवे मनि ट्रान्सफर, आईपे रेमिट र ललित मनि ट्रान्सफर गरी ७ भन्दा बढी रेमिटेन्स कम्पनीहरु समावेश छन् भने अन्य ३४ गैर-बैंकिङ्ग संस्थाहरु इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आबद्ध छन् जसमा पीएसपी/ पीएसओ, इन्स्योरेन्स कम्पनीहरु, रेमिटेन्स, मर्केन्ट बैंक, सरकारी तथा अर्ध–सरकारी संस्थाहरु रहेका छन् ।

४ अर्ब राजश्व छली गर्ने दुई कम्पनी विरुद्ध मुद्दा दायर Read Previous

४ अर्ब राजश्व छली गर्ने दुई कम्पनी विरुद्ध मुद्दा दायर

आर्थिक अनुशासनहीनता बढ्दो, बेरुजु ६ खर्ब ६४ अर्ब पुग्यो Read Next

आर्थिक अनुशासनहीनता बढ्दो, बेरुजु ६ खर्ब ६४ अर्ब पुग्यो