४ अर्ब राजश्व छली गर्ने दुई कम्पनी विरुद्ध मुद्दा दायर

काठमाडौं । राजश्व अनुसन्धान विभागले करिब ४ अर्ब राजश्व छली गरेको आरोपमा दुई कम्पनी विरुद्ध मुद्दा दायर गरेको छ ।

 

विभागले भन्सार, भ्याट र आयकर छली गरी ३ अर्ब ८२ करोड रुपैयाँ राजश्व छली गरेको आरोपमा काठमाडौंको हाइटेक इन्टरनेशनल प्रालि र ललितपुरको जेएसएस मोबाइल एण्ड सर्भिसेजका सञ्चालकविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको हो ।

 

विभागले हाइटेक इन्टरनेशनल विरुद्ध २ अर्ब ४२ करोड ९८ हजार ७६ हजार १४० रुपैयाँ बराबरको बिगो दाबीसहित मुद्दा दर्ता गरेको हो ।

 

त्यसैगरी जेएसएस मोबाइल एण्ड सर्भिसेज प्रालिका सञ्चालक र प्रोप्राइटर तथा मुख्य कारोबारी समेत ४ जनालाई राजश्व चुहावट गरेको अभियोगमा १ अर्ब ३९ करोड ७ लाख बिगो कायम गरी मुद्दा दर्ता गरेको हो ।

 

ती दुवै कम्पनी विरुद्ध बिगो असुल उपरर कैद सजाय समेत मागदाबी गर्दै मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ।

अब अर्को बैंकको एटीएमबाट पैसा झिक्दा शुल्क लाग्ने Read Previous

अब अर्को बैंकको एटीएमबाट पैसा झिक्दा शुल्क लाग्ने

इजीलिंक रेमिटेन्स नेपाल क्लियरिङ हाउसमा आबद्ध Read Next

इजीलिंक रेमिटेन्स नेपाल क्लियरिङ हाउसमा आबद्ध