काठमाडौं। अब आफ्नो खाता रहेको बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थाको एटीएमबाट पैसा झिक्दा शुल्क लाग्ने भएको छ।
वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीका छाता संगठनले संयुक्त रुपमा साउन १ गतेदेखि अन्तर बैंक एटीएम, विद्युतीय कारोबार तथा कनेक्ट आइपीएस मार्फत हुने कारोबारमा शुल्क लिने निर्णय गरेका हुन् ।
यसअघि राष्ट्र बैंकको निर्देशनमा कोरोनाको जोखिमलाई मध्यनजर गर्दै बैंक तथा वित्तीय संस्थाहरुले चैत ७ गतेदेखि जुनसुकै बैंकको एटीएमबाट पैसा झिक्दा शुल्क नलाग्ने व्यवस्था गरेका थिए । त्यस्तै अन्तर बैंक विद्युतीय र कनेक्ट आइपीएसबाट कारोबार गर्दा पनि शुलक नलाग्ने व्यवस्था गरेका थिए ।
अन्तर बैंक एटीएम तथा भुक्तानी कारोबारमा शुल्क लिन नपाउँदा आम्दानी घटेको भन्दै आएका बैंकहरुले नयाँ आर्थिक वर्षबाट फेरि शुल्क लिने भएका हुन् ।
