मौद्रिक नीतिः बिग मार्जरमा जाने बैंकलाई यस्ता छन् सुविधा (पूर्ण पाठसहित)

काठमाडौं । आर्थिक वर्ष २०७६/०७७को मौद्रिक नीतिले एक आपसमा मर्जमा जाने बैंक तथा वित्तीय संस्थालाई निकै सुविधा प्रदान गर्ने घोषणा गरेको छ ।

 

गर्भनर डा. चिरञ्जीवी नेपालले आफ्नो कार्यकालको अन्तिम मौद्रिक नीतिमा ठूला बैंक तथा वित्तीय संस्थालाई मर्जरमा जान प्रोहोत्सान गर्ने नीति सार्वजनिक गरेका हुन् ।

 

मौद्रिक नीतिले मर्जरमा जाने वित्तीय संस्थाका लागि कृषि, पर्यटन, उर्जा जस्ता क्षेत्रमा तोकिएको कर्जा पुर्याउन नसकेका बैंकले ०७८ असार मसान्त सम्ममा पुर्याउ हुने व्यवस्था गरेका छन् ।

 

बिग मर्जमा जाने बैंकले शाखा बिस्तार गर्दा केन्द्रीय बैंकको स्वीकृति समेत लिनुपर्ने छैन ।

 

त्यस्तै कर्जा र निक्षेपको व्याजदर अन्तर ४.४ प्रतिशत कायम गरिने अवधिलाई पनि ०७८ असार मसान्त भनिएको छ । मर्जरमा जाने बैंकका सिनियर व्यवस्थापन टिमलाई कुलिङ पिरियडमा छुट दिइएको छ । उनिहरुले अहिले कायम रहेको ६ महिनाको कुलिङ पिरियड भोग्नु पर्ने छैन ।

 

मर्जरमा जाने बैंकको हकमा चुक्ता पुँजीको २५ प्रतिशत बराबर ऋणपत्र जारी गरिसक्नु पर्ने अवधि २०७८ असार मसान्तसम्म कायम हुने व्यवस्था गरिएको छ ।

कर्जा लिँदा अनिर्वाय प्यानको सिमा घट्यो Read Previous

कर्जा लिँदा अनिर्वाय प्यानको सिमा घट्यो

कर्णाली प्रदेशमा सबैभन्दा बढी धान रोपाइ, अन्य प्रदेशमा घट्यो Read Next

कर्णाली प्रदेशमा सबैभन्दा बढी धान रोपाइ, अन्य प्रदेशमा घट्यो