कर्णाली प्रदेशमा सबैभन्दा बढी धान रोपाइ, अन्य प्रदेशमा घट्यो

काठमाडौं । यो पटक सबैभन्दा बढी धान रोपाई कर्णाली प्रदेशमा भएको छ । कृषि मन्त्रालयको तथ्यांक अनुसार यो वर्षको साउन ६ गतेसम्ममा कर्णाली प्रदेशमा ९०.१३ प्रतिशत धान रोपाइ भएको हो । गत आर्थिक वर्ष कर्णाली प्रदेशमा ७७.४४ प्रतिशत मात्र धान रोपाइ भएको थियो ।

 

यस्तै सुदूर पश्चिम प्रदेशमा ८६.६२ प्रतिशत धान उत्पादन भएको छ । गत वर्ष साउन ६ गतेसम्ममा सुदूर पश्चिम प्रदेशमा ९६ प्रतिशत धान रोपाइ भएको थियो । गण्डकी प्रदेशमा ७९.२८ प्रतिशत धान रोपाइ भएको छ । गत वर्ष गण्डकी प्रदेशमा ८७ प्रतिशत धान रोपाइ भएको थियो ।

 

 

यस्तै प्रदेश नम्बर ३ मा ६९.१८ प्रतिशत धान रोपाइ भएको छ । गत वर्ष सोही अवधिसम्ममा ७६.५० प्रतिशत धान रोपाइ भएको थियो ।प्रदेश नम्बर ५ मा ६३.४८ प्रतिशत धान रोपाइ भएको छ । गत वर्ष साउन ६ गतेसम्ममा ७९.८६ प्रतिशत धान रोपाई भएको थियो ।

 

प्रदेश नम्बर १ मा ५६.१३ प्रतिशत धान रोपाइ भएको छ । गत वर्ष सोही अवधिमा ७१.१६ प्रतिशत धान रोपाइ भएको थियो । सबैभन्दा कम रोपाई प्रदेश २ मा भएको हो ।

 

प्रदेश नम्बर २ मा असार ६ गतेसम्ममा ५०.४८ प्रतिशत मात्र धान रोपाइ भएको थियो गत वर्ष प्रदेश २ मा ८९.३८ प्रतिशत धान रोपाइ भएको कृषि मन्त्रालयको तथ्यांकले देखाएको छ ।

 

यो वर्ष असार ६ गतेसम्म देश भर कुल ६३.७९ प्रतिशत धान रोपाइ भएको छ । गत वर्षको तुलनमा यो वर्ष यस अवधिसम्ममा १३.९५ प्रतिशत धान रोपाई कम भएको हो । गत वर्ष यस अवधिसम्ममा ७७.७४ प्रतिशत धान रोपाइ भएको थियो ।

 

यस वर्ष उच्च पहाडी क्षेत्रमा ७५ प्रतिशत धान रोपाइ भएको छ भने मध्य पहाडी क्षेत्रमा ७२.८७ प्रतिशत धान रोपाइ भएको छ । यस्तै तराई क्षेत्रमा यो वर्ष ६० प्रतिशत धान रोपाइ भएको छ ।

कृषि मन्त्रालयको तथ्यांक अनुसार यो वर्ष कर्णाली प्रदेश बाहेक सबै प्रदेशमा धान रोपाई घटेको छ । कर्णाली प्रदेशमा यो पटक धान रोपाई १३ प्रतिशतको हाराहारीमा बढे पनि अन्य प्रदेशहरुमा भने धान रोपाई घट्दो क्रममा रहेको छ । अन्य प्रदेशहरुमा ७ प्रतिशतदेखि ३९ प्रतिशतसम्म धान रोपाइ गत वर्षको तुलनामा घटेको हो ।

मौद्रिक नीतिः बिग मार्जरमा जाने बैंकलाई यस्ता छन् सुविधा (पूर्ण पाठसहित) Read Previous

मौद्रिक नीतिः बिग मार्जरमा जाने बैंकलाई यस्ता छन् सुविधा (पूर्ण पाठसहित)

३ करोड १४ लाख बचत खाता संचालनमा, कर्जा लिने ४० लाखभन्दा बढी Read Next

३ करोड १४ लाख बचत खाता संचालनमा, कर्जा लिने ४० लाखभन्दा बढी