कर्जा लिँदा अनिर्वाय प्यानको सिमा घट्यो

काठमाडौं । तपाई बैंकबाट कर्जा लिदै हुनुहुन्छ भने स्थायी लेखा नम्बर प्यान अनिर्वाय चाहिने व्यवस्था गरिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको मौद्रिक नीतिमार्फत ५० लाख रुपैयाँ भन्दा बढी कर्जा लिनेलाई यस्तो व्यवस्था गरिएको हो । यसअघि यस्तो कर्जाको सीमा १ करोड रहेको थियो ।

 

साथै, मौद्रिक नीतिले वाणिज्य बैंकहरुले ०७७ असार मसान्तसम्ममा कुल चुक्तापूँजीको २५ प्रतिशत ऋणपत्र अनिर्वाय रुपमा जारी गर्नुपर्ने व्यवस्था गरेको छ ।

 

यस्तै, विदेशी संस्थागत निक्षेपकर्ता तथा एनआरएनएहरुबाट २ वर्षको अवधिको विदेशी मुद्रा मुद्धती निक्षेप संकलन गर्न सकिने र यस्तो मुद्राको सतप्रतिशतसम्म नेपाली रुपैयाँमा कर्जा प्रवाह गर्न सकिने व्यवस्था पनि मौद्रिक नीतिले गरेको छ ।

वाणिज्य बैंकले चुक्ता पूँजीको २५ % ऋणपत्र निष्कासन गर्नैपर्ने Read Previous

वाणिज्य बैंकले चुक्ता पूँजीको २५ % ऋणपत्र निष्कासन गर्नैपर्ने

मौद्रिक नीतिः बिग मार्जरमा जाने बैंकलाई यस्ता छन् सुविधा (पूर्ण पाठसहित) Read Next

मौद्रिक नीतिः बिग मार्जरमा जाने बैंकलाई यस्ता छन् सुविधा (पूर्ण पाठसहित)