काठमाडौं। वाणिज्य बैंकहरुले २०७७ भित्रमा चुक्ता पूँजीको २५ प्रतिशत बराबरको ऋणपत्र निष्कासन गर्नु पर्ने भएको छ। नेपाल राष्ट्र बैंकले आज आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीति मार्फत यस्तो व्यवस्था गरेको हो ।
वाणिज्य बैंकले निष्काशन गर्ने उक्त ऋणपत्र बापतको रकम सम्पूर्ण रकम कर्जा प्रवाहको लागि उपयोग गर्न सक्ने व्यवस्था गरिएको हो।
राष्ट्र बैंकले दिर्घकालीन तरलताको समाधानको लागि ऋणपत्र निष्कासनको औजार प्रयोग गरेको हो।