काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्सेले उकालो यात्रा जारी राखेको छ । राष्ट्र बैंकले आज जारी गर्ने मौद्रिक नीतिमा सेयर बजार सम्बन्धी सकरात्मक विषय आउने आशामा लगानीकर्ता उत्साही बनेका हुन् ।
सरकारले साउन १ गतेदेखि कार्यान्वयनमा ल्याएको पुँजीगत लाभकर सम्बन्धी विषयमा विवाद कायमै रहेपनि पछिल्ला दिनमा नेप्से सुधार हुँदै आएको छ ।
बुधबार शेयर कारोवार मापक नेप्से परिसूचक ६.९० अंकले बढेर विन्दुले बढेर १२८४.०७ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.७२ विन्दुले बढेर २७६.१३ बिन्दुमा पुगेको छ ।
आज १७० कम्पनीको १३ लाख ४६ हजार ३३० कित्ता शेयर रु ४४ करोड ३४ लाख ८१ हजार ३९१ रुपैयाँको कारोबार भएको छ ।
कारोवार भएका कूल ११ उपसमूह मध्ये नौ उपसमूहको शेयर उकालो लागेको छ भने दुई उपसमूहको ओरालो लागेको छ । आज निर्जीवन बीमा कम्पनी सबैभन्दा धेरै ६८.४४अंकले बढेको छ ।
यस्तै जीवन बीमा ८.२१, बैंकिङ ६.२३, होटल ४०.३६, विकास बैंक ८.५, जलविद्युत् २.२८, वित्त , अन्य ३.१६, सामूहिक लगानी कोष ०.०९ र लघुवित्त १४.९८ अंकले बढेको छ । उत्पादन २.३४, र वित्त समूह १ अंकले घटेको छ ।

कारोवारका आधारमा आज नेपाल बैंक शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको कूल रु ३ करोड ९९ लाख ४४ हजार ४८९ रुपैयाँ बराबरको कारोबार भयो ।
कारोबार रकमकै आधारमा कृषि विकास बैंक, प्रभु बैंक क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे । आज कारोबारमा वाणिज्य बैंकहरुको अधिपत्य रहेको छ । कारोबार भएका भएका शीर्ष दश कम्पनी मध्ये आठ वाणिज्य बैंक रहेका छन् ।
गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ९.१३ प्रतिशतले कमाए । यस्तै मिथिला लघुवित्त ८.५०, दिव्यश्वरी हाडोपावरका लगानी कर्ताले ७.८१ प्रतिशतले कमाए भने युनाइटेड हाइडोपावरका लगानीकर्ताले ५.०५ प्रतिशत गुमाए ।