एशियामा हजारौं गार्मेन्ट उद्योग बन्द, उद्योगीले कारखाना युरोप, अफ्रिका र मेक्सिकोतिर सार्न थाले

कोरोना भाइरसका कारण एशियाका तयारी पोशाक (गार्मेन्ट) उद्योगमा कार्यरत लाखौं कामदार रोजगारविहीन भएका छन् । खासगरी बेरोजगार हुने हरुमा महिला बढी छन् ।

 

उत्तर अमेरिका र युरोपका ठूला एवं व्यापक संजाल रहेका स्टोरहरु कोरोना भाइरसका कारण बन्द भएका कारण त्यसको असर एशियाली गार्मेन्ट उद्योगमा परेको हो ।

 

वालस्ट्रिट जर्नलका अनुसार एशियाका धेरैवटा विकासशील मुलुकहरुमा रहेका कारखानाले टीसर्ट, ट्राउजर उत्पादन गरिरहेका थिए जसबाट लाखौं मानिसले रोजगारी पाएका थिए । तर कोरोना भाइरसका कारण पश्चिमा मुलुकका ठूला ब्रान्डहरुले अर्बौं डलर बराबरका सामानको अर्डर रद्द गरिदिएका छन् । स्वेटर र जिन कपडाका सामान खरिद गर्ने ग्राहक समेत नभेटिएको अवस्था सिर्जना भएको छ ।

 

कतिपय पश्चिमा कम्पनीहरु युरोपका लागि आफ्ना कारखाना टर्की, पूर्वी युरोप र उत्तर अफ्रिका सार्दैछन् भने अमेरिकी बजारका लागि मेक्सिकोतर्फ कारखाना स्थानान्तरण हुन लागेका छन् ।

 

परिणामस्वरुप, नोमपेन्ह, ढाका र याङ्गुन समेतका सयौं कारखाना बन्द भएका छन् । हालैका महिनामा बग्दाद, भियतनाम र म्यान्मार एशियाका सर्वाधिक असर परेका मुलुक भएका छन् । यहाँ मानिसहरु कारखाना बन्द भएका कारण गाउँ फर्कन बाध्य भएका छन् ।

 

जर्नलले म्यान्मारकी एक २२ वर्षीया जिन मार ऊ को कथा छापेको छ । दक्षिण कोरियाका व्यापारीको स्वामित्वमा रहेको म्यानमारस्थित कारखाना गत अप्रिलमा बन्द भएपछि उनी बेरोजगार बनेकी छिन् । कारखानाका मालिक अहिले बेपत्ता छन् भने कारखाना खुल्ने वा बन्द हुने बारे आफूहरुलाई केही थाहा नभएको उनको भनाइ छ ।

 

ऊ ले याङ्गुन नजिकैको कारखानामा काम गरेबापत मासिक १५५ अमेरिकी डलर कमाउँथिन् । उनको कमाईबाट आमाको हेरचाह गर्न र परिवारको ऋण तिर्न मद्दत गरिरहेको थियो ।

 

विश्वभर नै गार्मेन्ट उद्योगमा कोरोना भाइरसको संक्रमण देखिनु अघि नै संकट देखिन थालेको थियो । बंगलादेशको विशिष्ट गार्मेन्ट उद्योग समूहकी अध्यक्ष रुबाना हकले विगतकै अवस्थामा गार्मेन्ट उद्योग फस्टाउने सम्भावना कम रहेको बताइन् ।

 

यसैबीच, तयारी पोशाकको कारोबार गर्ने जेसी पेन्नी कम्पनी, निम्यान मार्कस ग्रुप र जे क्रु ग्रुपले हालै मात्र बन्द गर्न आवेदन दिइसकेका छन् ।कतिपय पश्चिमा कम्पनीहरु युरोपका लागि आफ्ना कारखाना टर्की, पूर्वी युरोप र उत्तर अफ्रिका सार्दैछन् भने अमेरिकी बजारका लागि मेक्सिकोतर्फ कारखाना स्थानान्तरण हुन लागेका छन् ।

 

सीमित पूर्वाधार र अदक्ष कामदार रहेका कतिपय मुलुकका लागि गार्मेन्ट उत्पादन मुख्य आर्थिक इन्जिन रहेको छ । कार वा स्मार्टफोनमा झैं लुगा सिलाउने मेसिन चलाउन धेरै ठूलो शिक्षा वा तालिम आवश्यक पर्दैन । त्यसैले पश्चिमा मुलुकको सस्ता कपडाको मागलाई यी मुलुकले सहजै धान्न सक्नेछन् ।

 

तयारी पोशाकले बंगलादेशको कूल निर्यातको करिब ८५ प्रतिशत आर्जन गर्दछ । यहाँ करिब ४० लाख मानिस गार्मेन्टमा काम गर्दछन् । कम्बोडियामा पाँच घरमध्ये एउटा घरमा कम्तीमा एक जना गार्मेन्टमा काम गर्ने व्यक्ति छन् । यस देशको ७५ प्रतिशत निर्यात यही तयारी पोशाक हो । कम्बोडियाली गार्मेन्ट कारखानामा तयारी पोशाक, जुत्ता चप्पल र ट्राभेल सामान उत्पादन हुन्छ । विश्व व्यापार संगठनका अनुसार भारत र भियतनाम पनि गार्मेन्ट निर्यातक ठूला राष्ट्र हुन् ।

 

एशियाली विकास बैंकको अनुमान अनुसार विकासशील एसियाको आर्थिक वृद्धिदर यस वर्ष ०.१ प्रतिशत मात्र हुनेछ । विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण १० करोड मानिस यस वर्ष गरिबीको चक्रमा हुनेछन् अर्थात् उनीहरुको आय प्रतिदिन १.९० अमेरिकी डलरभन्दा मुनि हुनेछ । एजेन्सी

चल्नथाले सार्वजनिक यातायात, चक्रपथमा गुड्न थाले मयुरका बस Read Previous

चल्नथाले सार्वजनिक यातायात, चक्रपथमा गुड्न थाले मयुरका बस

सेयर बजारमा हरियाली कायमै, १ अर्ब ८ करोडको कारोबार, ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट Read Next

सेयर बजारमा हरियाली कायमै, १ अर्ब ८ करोडको कारोबार, ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट