चल्नथाले सार्वजनिक यातायात, चक्रपथमा गुड्न थाले मयुरका बस

काठमाडौं । यातायात व्यवसायीले तत्कालै सार्वजनिक यातायात सञ्चालन गर्न नसक्ने बताइरहेकै बीच मयुर यातायातले भने सोमबारदेखि आफ्नो सेवा सुरु गरेको छ ।

 

मयुरले आजदेखि ६ वटा बसमार्फत सेवासुरु गरेको छ । मयुरले चक्रपथ रुटमा बस सञ्चालनमा ल्याएको हो । भोलिदेखि भने १५ वटा सार्वजनिक बस गुडाउने तयारी गरिएको मयुर यातायातका सञ्चालक मोहन श्रेष्ठले जानकारी दिए ।

 

डब्लू एच ओको मापदण्ड अनुसार सुरक्षा अपनाई बस सञ्चालनमा ल्याइएको श्रेष्ठले बताए । उनले चालक र सचहालकलाई पीपीईसहित ज्वरो नाम्पे थर्मोमिटर, सेनिटाइजर, पन्जा लगायतका सुरक्षा समग्री दिइएको बताए ।

 

मयुरले यात्रुहरुलाई अनिवार्य माक्स लगानु अनुरोध गरेको छ । माक्स नलगाई आउनेलाई निःशुल्क माक्स समेत वितरण गरेको श्रेष्ठ बताउछन् । ‘हामीले माक्स नलगाई गाडीमा चड्न दिएका छैनौँ, माक्स नलगाई आउनेलाई निःशुल्क माक्स वितरण गरेका छौं,’ श्रेष्ठले भने ।

 

बसमा २१ जना मात्र यात्रु राखेर सञ्चालन गरिएको उनले बताए । खाना खाने समय, साझमा पार्किङ गर्ने समय लगायतका यात्रु नभएको समयमा सेनिटाइजरले गाडी सफा गर्ने गरिएको उनले जानकारी दिए ।

 

४४ वटा बस सञ्चालन गर्दै आएको मयुरले लक डाउनमा जोरविजोरलाई पालना गर्दै भोलि मंगलबारबाट १० देखि १५ वटा गाडी आफ्नो अन्य रुटहरुमा पनि सञ्चालन गर्ने बताइएको छ ।

 

विगतमा १५ रुपैयाँ भाडा लिदै आएको मयुरले हाल २० रुपैयाँ भाडा लिन थालेको छ ।

१ वर्ष नपुग्दै भासियो नारायणगढ-मुग्लिन सडक, मर्मत गर्न बोलपत्र आह्वान तर परेन आवेदन Read Previous

१ वर्ष नपुग्दै भासियो नारायणगढ-मुग्लिन सडक, मर्मत गर्न बोलपत्र आह्वान तर परेन आवेदन

एशियामा हजारौं गार्मेन्ट उद्योग बन्द, उद्योगीले कारखाना युरोप, अफ्रिका र मेक्सिकोतिर सार्न थाले Read Next

एशियामा हजारौं गार्मेन्ट उद्योग बन्द, उद्योगीले कारखाना युरोप, अफ्रिका र मेक्सिकोतिर सार्न थाले