काठमाडौं। चुक्ता पूँजीका आधारमा देशकै सबैभन्दा ठूलो ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पर्शुराम कुँवर क्षेत्रीले आफ्नो पदबाट राजीनामा गरेका छन्।
बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले साउन १ गतेदेखि लागू हुनेगरी क्षेत्रीको राजीनामा स्वीकृत गरेको हो ।
सेवा अवधि आगामी २०७८ जेठसम्म भएपनि क्षेत्रीले स्वास्थ्य अवस्था र बढ्दो उमेरको कारण देखाउँदै कार्यअवधि पूरा हुनु ११ महिना अगावै ग्लोबल आइएमई बैंक छाडेका हुन् ।
गत मंसिर २० गतेदेखि उनले जनता बैंक गाभिएर देशकै ठूलो बैंक बनेको ग्लोबल आइएमई बैंकको सीईओ पदभार सम्हालेका थिए । उनी यसअघि पनि जनता बैंकमा पनि सीईओकै पमा कार्यरत थिए ।
बैंकिङ क्षेत्रमा करिब साढे ३ दशक लामो अनुभव बटुलेका क्षेत्री ग्रान्ड बैंक नेपाल र बैंक अफ एशिया नेपालको समेत प्रमुख कार्यकारी अधिकृत थिए।