अब छोटो दूरीमा सार्वजनिक यातायात चलाउन पाइने, भाडा ५० प्रतिशत बढ्यो

काठमाडौं । सरकारले छोटो दूरीमा सार्वजनिक यातायात सञ्चालन गर्न दिने भएको छ ।

 

बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले सुरक्षा मापदण्ड पालना गर्दै जिल्लाभित्रै सार्वजनिक यातायात सञ्चालन गर्न दिने जानकारी गराएका हुन् ।

 

मन्त्री खतिवडाका अनुसार अब काठमाडौं उपत्यकाका भित्र सार्वजनिक सवारी सञ्चालन हुने भएका छन् । साथै अन्य जिल्लाको हकमा पनि जिल्ला भित्रै सवारी सञ्चालन गर्न पाइनेछ ।

 

मन्त्री खतिवडाले ट्याक्सीहरु तत्कालै चल्न सक्ने भए पनि अन्य सार्वजनिक यातायातलाई भने आवश्यक तयारी गरेर मात्रै चलाउन दिइने बताए । ट्याक्सीमा चालकबाहेक २ जना मात्र चढ्न पाउनेछन् । ट्याक्सीले पनि काठमाडौं उपत्यकाभित्र र बाहिर सम्बन्धित जिल्लाभित्र मात्र सञ्चालन गर्न पाइने छ ।

 

सार्वजनिक सवारीका चालक र सहचालकले मास्कका साथै भाइजर र पञ्जा पनि अनिवार्य लगाउनुपर्नेछ । सार्वजनिक यातायातमा सामाजिक दूरी कायम गर्दा सिट क्षमताको आधा र सिटको एउटा पंक्तिमा एक जनामात्र बस्न पाउनेछन् । ढोकामा स्यानिटाइजर अनिवार्य राख्नुपर्नेछ भने यात्रुले मास्क अनिवार्य लगाउनुपर्नेछ ।

 

यसरी बसमा आधा मात्रै यात्रु चढाउन्जेल ५० प्रतिशत बढी भाडा लिन पाउने भएको छ । अब सार्वजननिक सवारीमा चढ्दा यात्रुले न्यूनतम २३ रुपैयाँ तिर्नुपर्ने भएको छ । हाल सार्वजनिक सवारीको न्यूनतम भाडादर १५ रुपैयाँ छ । अब यात्रुले त्यसमा थप ८ रुपैयाँ भाडा थपेर २३ रुपैयाँ तिर्नुपर्ने भएको छ ।

 

फेसबुकमा यस्तो स्टाटस लेख्दै सीईओ पर्शुराम कुँवर क्षेत्रीले छाडे ग्लोबल आइएमई बैंक Read Previous

फेसबुकमा यस्तो स्टाटस लेख्दै सीईओ पर्शुराम कुँवर क्षेत्रीले छाडे ग्लोबल आइएमई बैंक

सरकारले एकैपटक विश्व बैंकबाट लिने भयो ५४ अर्ब ऋण Read Next

सरकारले एकैपटक विश्व बैंकबाट लिने भयो ५४ अर्ब ऋण