काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १०८ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या १६ हजार ५३१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशका विभिन्न जिल्लामा थप १०८ जनामा कोरोना पुष्टि भएको हो ।
देशका ७७ वटै जिल्लामा कोरोना संक्रमण फैलिएकोमा ५ जिल्ला भने कोरोना मुक्त भएका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ र हुम्लामा संक्रमितको संख्या शून्यमा झरेको छ ।
पछिल्लो २४ घण्टामा थप १३९ जना डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको भई ७ हजार ८९१ जना घर फर्केका छन् ।
हालसम्म कोरोनाले मृत्यु हुनेको संख्या ३५जनाको पुगेको छ ।