उड्डयन क्षेत्रको संस्थागत सुधारका लागि एडीबीले दियो ६ करोड

काठमाडौं । नेपालको उड्डयन क्षेत्रको संस्थागत सुधारका लागि एशियाली विकास बैंक (एडीबी) ले करिब ६ करोड आर्थिक सहयोग दिने भएको छ ।

 

नेपालको नीतिगत साहयता अन्तर्गत नागरिक उड्डयन क्षेत्रको क्षमता विस्तारमा खर्च गर्ने गरी एडीबीले नेपाललाई ५ अर्ब ९५ करोडको ऋण सहयोग उपलब्ध गराउने भएको हो ।

 

नेपालका तर्फबाट अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल तथा एडिबीका तर्फबाट मुख्तर खामदखानोभले सो ऋण सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

 

प्राधिकरणको विभाजनबाट नेपालमा हवाई सुरक्षा अभिवृद्धि हुने र क्षमता समेत विकास हुने अपेक्षा गरिएको छ ।अहिलेसम्म नेपालको नागरिक उड्डयन क्षेत्रमा एडीबीले सबैभन्दा धेरै सहायता दिँदै आएको छ ।

औषधि व्यापारमा व्यापक गिरावट, कम्पनीमा फिर्ता हुने दर उच्च Read Previous

औषधि व्यापारमा व्यापक गिरावट, कम्पनीमा फिर्ता हुने दर उच्च

थप १०८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १६ हजार ५३१ पुग्यो Read Next

थप १०८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १६ हजार ५३१ पुग्यो