काठमाडौं । पछिल्लो समय नेपाली बजारमा सुनको भाउले दिनदिनै नयाँ रेकर्ड बनाउँदै गएको छ ।
सुनको भाउ बिहीबार प्रतितोला ९०० रुपैयाँ बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ४०० रुपैयाँ पुगेको छ । यस्तै तेजाबी सुन प्रतितोला ९१ हजार ९६५ रुपैयाँ पुगेको छ।
त्यस्तै, आ चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले बढेर प्रतितोला ९८० रुपैयाँ पुगेको छ। बुधबार चाँदी प्रतितोला ९६५ रूपैयाँमा कारोबार भएको थियो।
विश्वभर फैलिएको कोरोना भाइरस संक्रमणका कारण लगानीकर्ताको आकर्षण सुनमा बढ्दा यस धातु सर्वसाधारणको पहुँचभन्दा बाहिर पुगेको छ। सरकारले बजेट मार्फत थप भन्सार बढाउँदा समेत सुनको मूल्य वृद्धिमा सहयोग पुगेको हो।