नबिल बैंक र हुवावे बीच रणनीतिक साझेदारी

काठमाडौं । नबिल बैंक र चिनियाँ दूरसञ्चार सेवा प्रदायक कम्पनी हुवावे बीच सूचना प्रविधि सेवामा रणनीतिक साझेदारी गर्ने सम्झौता भएको छ ।

 

सम्झौतापत्रमा बुधबार बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र हुवावे टेक्नलोजी नेपालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डेङ चुगेनले हस्ताक्षर गरे ।

 

हस्ताक्षरपछि बैंकका सीईओ शाहले हुवावे जस्तो विश्व विख्यात सूचना प्रविधि सेवा प्रदायक कम्पनीसँग सहकार्य गर्न पाएकोमा उत्साह व्यक्त गरे । उनले रणनीतिक महत्वको सहकार्यले बैंकको ग्राहक केन्द्रीत लिडिङ डिजिटल बैंक बन्ने अठोटलाई सशक्त रुपमा कार्यान्वयन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

 

हुवावे टेक्नलोजीज् सीईओ डेङ चुगेनले क्लाउड प्रविधि, आर्टिफशियल इन्टेलिजेन्स तथा मशिन लर्निङ प्रविधि, क्लाउडमा आधारित भिडियो कन्फरेन्सिङ प्रणाली, वाइफाइ लगायतका सूचना प्रविधिको उच्चतम प्रयोगबाट नबिल बैंकले आफ्नो प्रविधिमा आधारित परिवर्तनको प्रकृयालाई आन्तरिक संचालन दक्षता तथा ग्राहक सेवा प्रभावकारीता बढाउँदै अझ सशक्त तथा तीव्र बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

 

आफ्ना वित्तिय क्षेत्रलाई सेवा दिने टीम, क्लाउड सेवा दिने टीम तथा हुवावे नेपालको टीमको संयुक्त प्रयासबाट प्रविधि साझेदारको भूमिकामाफर्त बैंकलाई आफ्ना ग्राहकवर्गलाई सजिलो, सुरक्षित, भरपर्दो तथा स्मार्ट सेवाहरु प्रदान गर्न सशक्त बनाई दुई कम्पनी बीचको सहकार्य र आपसी विश्वासको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

 

हाल विश्व भरी १ हजार ६०० भन्दा बढी वित्तीय संस्थाहरु हुवावेका ग्राहक छन् । जस मध्ये उत्कृष्ठ ४५ संस्थाहरु सर्वोत्कृष्ठ १०० मा पछर्न् ।

कोभिड मिथ : कोरोना भाइरस बारे समुदायमा व्याप्त १३ भ्रामक जानकारीको चिरफार Read Previous

कोभिड मिथ : कोरोना भाइरस बारे समुदायमा व्याप्त १३ भ्रामक जानकारीको चिरफार

'३ महिनादेखि गाडी थन्क्याउँदा चलाउनै नमिल्ने भए, अब कसरी बैंकको ऋण तिर्ने र परिवार पाल्ने' Read Next

'३ महिनादेखि गाडी थन्क्याउँदा चलाउनै नमिल्ने भए, अब कसरी बैंकको ऋण तिर्ने र परिवार पाल्ने'