काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले ‘ननस्टप युट्युब’ अफर ल्याएको छ । एनसेलले एनसेलले आफ्नो नयाँ ‘प्लस’ थिमअन्तर्गत आफ्ना फोरजी ग्राहकका लागि यस्तो अफर ल्याएको हो ।
यसबाट सबै फोरजी ग्राहकले भिडियो स्ट्रिमिङ प्लेटफर्म युट्युबबाट फाइदा लिन सक्ने भएका छन्। भिडियो सामाग्रीहरु हेर्दा धेरै डेटा खपत हुने र कम शुल्कमा ग्राहकले युट्युबको प्रयोग गर्न सक्ने बताइएको छ।
‘प्लस’ थिम अन्तर्गतको ननस्टप युट्युब अफरमा ग्राहकले निश्चिन्त रुपमा मात्र १०० रुपैयाँ (कर सहित मात्र १२७.६९ रुपैयाँमा एक साताभरि ४८०पी मा युट्युब भिडियो हेर्न सकिन्छ।साथै यो अफरमा ग्राहकले ४ जीबी फोरजी अल टाइम अल नेटवर्क डेटाको पनि फाइदा लिन सक्नेछन्।
फोरजी नेटवर्कमा ननस्टप युट्युब र ४ जीबी अल टाइम अल नेटवर्क डेटा सुचारु भएको दिनबाट ७ दिनको लागि मान्य रहने कम्पनीले बताएको छ।साथै यो प्याक सुचारु गर्ने ग्राहकले फेसबुक र टिकटकको लागि सुलभ दरमा छुट्टा छुट्टै आकर्षक प्याक पनि लिन सक्नेछन्।
ग्राहकले ननस्टप युट्युब प्याक सुचारु गरे पछि हरेक दिन ५०० एमबीको दरले ७ दिन सम्म मात्र २० रुपैयाँ (कर सहित मात्र २५.५३० मा ३५०० एमबी थप डेटाको लिन सक्नेछन्।
उक्त डेटा ग्राहकले फेसबुक चलाउनको लागि प्रयोग गर्न सक्नेछन्। त्यति नै शुल्कमा टिकटक चलाउन रुचाउने ग्राहकले पनि हरेक दिन ५०० एमबीको दरले ७ दिन सम्म ३५०० एमबि थप डेटाको मजा लिन सक्ने एनसेलको भनाइ छ।
आफ्नो आवश्यकता अनुसार ग्राहकले फेसबुक र टिकटकका लागि दुवै डेटा समेत लिन सक्नेछन्। एनसेलका फोरजी ग्राहकले *१७१२३ *१# डायल गरी प्राप्त निर्देशन अनुसार यो प्याक सजिलै सुचारु गर्न सक्नेछन्।
फोरजी अल टाइम अल नेटवर्क डेटासँग बण्डलिङ्ग तथा लोकप्रिय सामाजिक सञ्जाल फेसबुक र टिकटकको लागि निकै सुलभ दरमा थप डेटा सहितको यस अफरले ग्राहकलाई थप लाभ प्रदान गर्ने विश्वास एनसेलले लिएको छ ।
यस अफर अन्तर्गतको ननस्टप युट्युबको फाइदा लिन ग्राहकसंग एनसेल फोरजी सिम कार्ड, फोरजी चल्ने मोबाइल र एनसेलको फोरजी नेटवर्क कभरेज भित्र हुनुपर्दछ।
आफ्नो थ्रिजी सिम कार्ड फोरजी सिममा अपग्रेड गरी नसकेका ग्राहकले नजिकैको एनसेल सेन्टरमा गएर आफ्नो सिम निःशुल्क अपग्रेड गर्न सक्नेछन्। साथै सिम अपग्रेड गर्ने ग्राहकले थप १ जीबी डे प्याक डेटा निःशुल्क प्राप्त गर्नेछन्।
आफ्नो प्रतिवद्धता अनुरुप र नयाँ ‘प्लस’ थिमअन्तर्गत ग्राहकका लागि थप नवीन सेवा तथा सुविधाहरु ल्याउने एनसेलले जनाएको छ ।