एनएमबी बैंकमा फिक्स डिपोजिट गरे आफ्नै नाममा बिरुवा रोपाउन पाइने

काठमाडौं । एनएमबी बैंकले ‘एनएमबी ग्रिन फिक्सड डिपोजिट’ ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकहरुले आफ्नो प्रत्येक नयाँ एनएमबी ग्रिन फिक्सड डिपोजिटसँगै आफ्नो नाममा विरुवा रोपाउन पाउनेछन् ।

 

वातावरणीय संरक्षणलाई सघाउ पुर्याउने कार्यलाई प्रवर्द्धन गर्न बैंकको नयाँ फिक्सड डिपोजिट आकर्षक सुविधाहरुको साथ प्रस्तुत गरेको छ । जसमा उच्च ब्याजदर, लचिलो समयावधि, फिक्सड डिपोजिट रकमको १०० प्रतिशत कर्जा प्रदान गरिने छ ।

 

एनएमबी ग्रिन फिक्सड डिपोजिट व्यवसाय र हाम्रो वातावरणीय दायित्वप्रति सन्तुलन कायम गर्ने हाम्रो सचेत प्रयास हो।

 

यस योजनाले हाम्रो मूल्यवान ग्राहकवर्गलाई उक्त प्रतिफल प्रदान गर्ने मात्र नभई मानवीय जिम्मेवारी पनि प्रदान गर्छ जुन हामी बस्ने वातावरणलाई सुरक्षित तुल्याउन सक्दछौं’, बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

हिमालयले चीनको टियानजिन र फिलिपिन्सको मनिलामा चार्टर्ड उडान गर्ने Read Previous

हिमालयले चीनको टियानजिन र फिलिपिन्सको मनिलामा चार्टर्ड उडान गर्ने

८ वर्ष बन्द भएर पुनः सञ्चालनमा आएको औषधि लिमिटेड यसरी तंग्रिँदै Read Next

८ वर्ष बन्द भएर पुनः सञ्चालनमा आएको औषधि लिमिटेड यसरी तंग्रिँदै