हिमालयले चीनको टियानजिन र फिलिपिन्सको मनिलामा चार्टर्ड उडान गर्ने

काठमाडौं । हिमालय एयरलाइन्सले फिलिपिन्सको मनिलामाई जुलाई ११ तारिखमा चार्टर्ड उडान गर्ने भएको छ ।

 

विभिन्न देशमा अलपत्र नेपालीको उद्धार उडान गर्दै आएको हिमालयका लागि यो नयाँ गन्तव्य हो । सोही दिन हिमालयले साउदी अरेबियाको दमाममा चार्टर्ड उडान गरी नेपाली स्वदेश फर्काउने जनाएको छ ।

 

हिमालयले नयाँ गन्तव्यका रुपमा जुलाई ८ र ९ तारिखमा चीनको टियानजिन गन्तव्यमा चार्टर्ड उडान गर्ने कार्यतालिका बनाएको छ ।

 

जुलाइ १२ मा मलेसियाको क्वालालम्पुर चार्टर्ड उडान नेपाली ल्याउने कार्यतालिका कम्पनीले विज्ञप्तिमार्फत सार्वजनिक गरेको छ ।

 

यसअघि जुलाई २ देखि ८ तारिख सम्मको उडान तालिका बनाएर हिमालयले साउदी अरेबियको दमाम, मलेसियाको क्वालालम्पुर, कतारको दोहा युएईको आबुधाबी र कुवेतबाट चार्टर्ड उडान गरी नेपालीलाई स्वेदश फर्काएको छ ।

एनआइसी एशियाको ब्याज घटाउने अवसर, असारभित्रै बक्यौता तिरे बाँकी कर्जाको ब्याज ९.९९% मात्र Read Previous

एनआइसी एशियाको ब्याज घटाउने अवसर, असारभित्रै बक्यौता तिरे बाँकी कर्जाको ब्याज ९.९९% मात्र

एनएमबी बैंकमा फिक्स डिपोजिट गरे आफ्नै नाममा बिरुवा रोपाउन पाइने Read Next

एनएमबी बैंकमा फिक्स डिपोजिट गरे आफ्नै नाममा बिरुवा रोपाउन पाइने