आइएमईले ल्यायो ‘आइएमई घरमै १ लाख जितौं’ योजना

काठमाडौैं । रेमिट्यान्स सेवा प्रदायक कम्पनी आइएमई लिमिटेडले ‘आइएमई घरमै रू. १ लाख जितौं’ भन्ने उपहार कार्यक्रम योजना ल्याएको छ ।

 

आइएमईले कोरोना प्रभावलाई मध्यनजर गर्दै घरबाहिरै ननिस्की रेमिट्यान्स प्राप्त गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्नका लागि यस्तो योजना ल्याएको बताएको छ ।

 

सामान्य अवस्थामा नेपालभित्र गरिने रेमिटेन्स वा विदेशबाट आएको रेमिटेन्सलाई एजेन्टकहाँ गई रकम लिन सकिने भए तापनि हाल बाहिर निस्किँदा संक्रमणको जोखिम हुने भएकाले आफ्नो मोबाइल फोनमा नै रकम प्राप्त गर्न सकिने गरी यो सेवाग्राहीमुखी योजना सार्वजनिक गरिएको हो ।

 

यस अन्तर्गत यही जेठ ३१ गतेबाट सुरू गरिएको ‘आइएमई घरमै’ उपहार योजनाबाट आइएमई गरिएको रकम आइएमई पे मोबाइल वालेट एपमा प्राप्त गर्ने १ जना भाग्यशालीलाई १ लाख रुपैयाँ प्रदान गरिनेछ । त्यसै गरी हरेक हप्ता ५ जनालाई जनही ५ हजार रुपैयाँ प्रदान गरिनेछ । यो योजना असार मसान्तसम्म लागू हुने कम्पनीले जनाएको छ ।

 

स्वदेश तथा विदेशबाट आइएमई गरिएको रकम आइएमई पेमा प्राप्त गर्दा हरेक कारोबारमा ५० रुपैयाँ बोनस स्वरूप प्राप्त गर्न सकिनेछ । विजेतालाई उपहार रकम आइएमई पे मोबाइल वालेटमा नै प्रदान गरी सामाजिक दूरी कायम गर्न प्रोत्साहन गरिनेछ ।

साना-मझौला व्यवसायीको समस्या समाधान गर्न नसके महासंघको सान्दर्भिकता सकिन्छ : शेखर गोल्छाको अन्तर्वार्ता Read Previous

साना-मझौला व्यवसायीको समस्या समाधान गर्न नसके महासंघको सान्दर्भिकता सकिन्छ : शेखर गोल्छाको अन्तर्वार्ता

नेप्सेको नयाँ नीति, जसले मार्जिन लेन्डिङको औचित्य सकिँदै Read Next

नेप्सेको नयाँ नीति, जसले मार्जिन लेन्डिङको औचित्य सकिँदै