शिखर इन्स्योरेन्सको साधारण सभा साउन २८ गते, ३०% हकप्रद जारी गर्ने

काठमाडौं । निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्सले आर्थिक वर्ष २०७७५को वार्षिक साधारण सभा साउन २८ गते मंगलबार गर्ने भएको छ । साधरण सभा कम्पनीको केन्द्रीय कार्यालय, शिखर बिज सेन्टर थापाथली काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

 

सभा प्रयोजनका लागि शिखरले साउन १५ गतेदेखि बुक क्लोज गर्दैछ । यसआधारमा साउन १४ गतेसम्म कायम सेयरधनी मात्र कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

 

यस्ता छन् साधरण सभामा लैजाने एजेन्डा

 

कम्पनीले साधारण सभामा चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव मुख्य एजेन्डाको रुपमा लैजाने भएको छ । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ५ करोड रुपैयाँ रहेको छ ।

 

यस्तै कम्पनीले बीमा समितिबाट बीमक कम्पनी गाम्ने गाभिने तथा प्राप्ती गर्ने सम्बन्धी निदेर्शिका जारी भएको अवस्थामा मर्जरको प्रकृयाका लागि आवश्यक सम्पूर्ण कार्य गर्ने तथा सञ्चालक समितिलाई सो कार्यका लागि पूर्ण अख्तियारी दिने एजेण्डा पनि पेश गर्नेछ ।

 

सभाबाटै सञ्चालक समितिमा संस्थापक समूहबाट ४ जना, सर्वसाधारणबाट २ जना र १ जना स्वतन्त्र गरी कुल ७ जनाको प्रतिनिधित्व हुने व्यवस्था मिलाउन नियमावली संशोधन गर्नेछ ।

 

कम्पनीले यो साधरण सभाबाट आवको मुनाफाबाट शेयरधनीलाई कुनै लाभांश वितरण नगर्ने भएको छ। बीमा समितिले लागू गरेको एनएफआरएस  प्रणाली अन्तर्गत कम्पनीले ठूलो रकम व्यवस्था तथा जगेडामा खर्चनुपर्ने भएपछि कम्पनीका शेयरधनीहरुको हात खाली हुने भएको हो।

 

शिखर इन्सुरेन्सले बीमा समितिको वित्तीय विवरण सम्बन्धी निर्देशन अनुसार आर्थिक वर्ष २०७४/७५ मा ३९ करोड ९२ लाख ७४ हजार ७८२ रुपैयाँ खुद नाफा कमाएको छ ।  यसैगरी, एनएफआरएस प्रणाली अन्तर्गतको वित्तीय विवरण अनुसार कम्पनीले ४५ करोड ५५ लाख ७७ हजार ९२१ रुपैयाँ नाफा कमाएको छ ।

लक्ष्यभन्दा बढी राजश्वमा सङ्कलन Read Previous

लक्ष्यभन्दा बढी राजश्वमा सङ्कलन

एलआइसी नेपालको ७०% लाभांश पाउन आजसम्म सेयरधनी बन्नुपर्ने Read Next

एलआइसी नेपालको ७०% लाभांश पाउन आजसम्म सेयरधनी बन्नुपर्ने