एलआइसी नेपालको ७०% लाभांश पाउन आजसम्म सेयरधनी बन्नुपर्ने

काठमाडौं । लाइफ इन्सुरेन्स कर्पोरेसन (एलआइसी) नेपालको ७० प्रतिशत लाभांश सुरक्षित गर्न आज (साउन ८ गते) सम्म सेयरधनी कायम रहनु पर्नेछ ।

 

कम्पनीले साउन २४ गते वार्षिक साधारण सभा गर्न बिहीबार (साउन ९ गते) देखि साधारण सभाको दिनसम्म बुक क्लोज गर्दैछ । तसर्थ, बुधबारसम्म कायम रहेका सेयरधनीले मात्र लाभांश पाउने छन् ।

 

कम्पनीले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट ३४.४६% बोनस सेयर र ३५.५४% नगद गरी कुल ७०% लाभांश वितरण गर्न लागेको हो ।  प्रस्तावित ३४.४६% बोनस सेयर वितरण पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब १ करोड रुपैयाँ पुग्नेछ ।

 

कम्पनीको साधारण सभा नेपाल पुलिस क्लबको सभाहल, भृकुटीमण्डप काठमाडौंमा बिहान ९ः३० बजे सुरु हुनेछ ।

शिखर इन्स्योरेन्सको साधारण सभा साउन २८ गते,  ३०% हकप्रद जारी गर्ने Read Previous

शिखर इन्स्योरेन्सको साधारण सभा साउन २८ गते, ३०% हकप्रद जारी गर्ने

क्रिकेट रङ्गशाला निर्माणका लागि  समिति गठन Read Next

क्रिकेट रङ्गशाला निर्माणका लागि समिति गठन