लक्ष्यभन्दा बढी राजश्वमा सङ्कलन

विराटनगर । आन्तरिक राजश्व कार्यालय विराटनगरले गएको आर्थिक वर्षमा कूल रु सात अर्ब १३ करोड ७८ लाख २४ हजार राजश्व सङ्कलन गरेको जनाएको छ । कार्यालयले सो अवधिमा कूल रु छ अर्ब ४१ करोड ८१ लाख १३ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो ।

 

आर्थिक वर्ष २०७४/७५ मा कूल रु पाँच अर्ब २१ करोड ४२ लाख तीन हजार राजश्व सङ्कलन भएको थियो । तुलनात्मक रूपमा अघिल्लो आर्थिक वर्षभन्दा गएको आर्थिक वर्षमा रु एक अर्ब ९२ करोड ३६ लाख २१ हजार बढीले राजश्व सङ्कलन भएको कार्यालयको प्रगति विवरणमा उल्लेख छ ।

 

सङ्कलित राजश्वमा आयकर रु दुई अर्ब ११ करोड ४४ लाख ९३ हजार, बहालकर रु १० करोड ९२ लाख ३८ हजार, ब्याजकर रु सात करोड ५० लाख ८८ हजार, मूल्य अभिवृद्धिकर रु एक अर्ब ३७ करोड सात लाख १२ हजार, अन्तःशुल्क रु तीन अर्ब ४२ करोड ६५ लाख ४१ हजार, स्वास्थ्य सेवाकर रु दुई करोड ९९ लाख ४४ हजार र शिक्षा सेवाकर रु एक करोड ३७ लाख ९१ हजार छन् ।

 

कार्यालयको मातहतमा ९६ हजार ५०८ करदाता रहेकामा भ्याट दर्ता सङ्ख्या सात हजार ५३४, आयकर दर्ता सङ्ख्या ४८ हजार १९२ र व्यक्तिगत स्थायी लेखा नम्बर लिएका सङ्ख्या ४८ हजार ३१६ रहेको कार्यालय प्रमुख गौतमले जानकारी दिए ।

कृषकको जीवनस्तर उकास्न नसकेको दुग्ध व्यवसाय Read Previous

कृषकको जीवनस्तर उकास्न नसकेको दुग्ध व्यवसाय

शिखर इन्स्योरेन्सको साधारण सभा साउन २८ गते,  ३०% हकप्रद जारी गर्ने Read Next

शिखर इन्स्योरेन्सको साधारण सभा साउन २८ गते, ३०% हकप्रद जारी गर्ने