 
			काठमाडौं । ‘झोल दूध आयात गरिन्छ बरु तर, धुलो दूध आयात खोलिन्न । दुग्ध व्यवसायी र उपभोक्तालाई मारमा पारिन्न’ यो कुरा केही दिनअघि एक सार्वजनिक कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले भनेका हुन् ।
‘यदि पाउडर दुधको आयात मात्रै रोकिने हो भने पनि नेपाली कृषकको जीवनमा राहत दिन सकिन्छ’ मन्त्री खानालले भने ।
कुनै समय नेपाली अर्थतन्त्रको मेरुदण्ड नै पशुपादनसँग सम्बन्धित उत्पादनहरु थिए । हिमाल र पहाडमा उत्पादन भएका खाद्यान्न आफै उपभोग गर्नमा सिमित हुन्थे । बिक्रीका निम्ति मासु र दुधजन्य उत्पादनकै भर थियो ।
नेपालमा प्रति लिटर दुध उत्पादन लागत ३३-३४ रुपैयाँ पर्छ भने छिमिकी चीनमा १२-१५ रुपैयाँ पर्छ । यहाँ दुधको उत्पादकत्व पनि कम छ ।
त्यो समय गाँउका घ्यू सहरमा आउँथे र सहरबाट आवश्यक नुन, तेल तथा लत्ताकपडा गाँउ पुग्थे । यसरी नेपाली अर्थतन्त्र चलिरहेको थियो ।
कालान्तरमा वनस्पति घ्यूको आयात नेपालमा खुल्ला गरियो । त्योसँगै सहरको पैसा गाँउ जान बन्द भयो र विदेशतिर जान थाल्यो । अनी नेपालको पशुपालनको क्षेत्र साघुँरिदै गयो । जीविकोपार्जनबाट व्यवसायिकता तर्फ उठ्नै सकेन ।
नेपालमा दुध उत्पादनको अवस्था
विश्व व्यापार संगठनका अनुसार एक स्वस्थ व्यक्तिका लागि प्रतिबर्ष ९१ लिटर दुध आवश्यक पर्छ । नेपालमा भने औसत खपत जम्मा ७२ लिटर हुन्छ । यसको सोझो अर्थ नेपालमा दुध उत्पादनको अथाह सम्भावना छ ।
आर्थिक बर्ष २०७४/०७५ मा नेपालमा २० लाख ९२ हजार मेट्रिकटन दुध तथा दुधजन्य उत्पादन भएको थियो । यसैगरि, आ.व. २०७५/७६ फाल्गुनसम्ममा १४ लाख ७५ हजार ३ सय ३३ मेट्रिक टन दुध उत्पादन भएको छ ।
दुध तथा दुधजन्य पदार्थ नेपालमा अझै पनि पर्याप्त उत्पादन हुन सकेको छैन । खुल्ला सिमाना भएको कारण पनि सिमा बजारहरुबाट आयात भइरहेको छ, जसको कुनै तथ्याङक छैन ।
नेपालमा ६६ प्रतिशत जनसंख्या कृषिमा निर्भर छन् । ती मध्ये अधिकाशंंले पशुपालन पनि गर्छन् । तर, पनि व्यावसायिक बन्न सकेका छैनन् ।
नेपालमा अहिले १८ सय ५० वटा दुग्ध सहकारी संस्थाहरुले दुध संकलन गरिरहेका छन् । देशमा साना तथा ठूला गरी ६–७ सय वटा डेरी उद्योग तथा प्रसोधन केन्द्रहरु संचालनमा छन । ती मध्ये ३ वटा पाउडर दुध उत्पादन गर्ने उद्योग सञ्चालनमा छन् । विराटनगर प्रशोधन केन्द्र सरकारी स्तरबाट सञ्चालित हो भने पोखराको सुजल डेरी, चितवन मिल्क उद्योग नीजि क्षेत्रबाट सञ्चालित उद्योगहरु हुन् ।
दुग्ध क्षेत्रको रोजगारी तथा लगानी
दुग्धजन्य क्षेत्रमा अहिले करिब ५ लाख जनाले रोजगारी प्राप्त गरेका छन् भने डेरी उद्योगले प्रत्यक्ष २० हजारलाई रोजगारी दिएका छन् ।
तुलनात्मक रुपमा कम लगानीमा पनि यो व्यवसाय सञ्चालन गर्न सकिन्छ । र, छोटो समयमा नै प्रतिफल प्राप्त गर्न सकिन्छ । नगद प्रवाह दैनिक हुन्छ । जसले किसानलाई आफ्नो दैनिकी चलाउन सजिलो हुन्छ ।
अन्य देशको तुलनामा नेपालमा दुग्ध उत्पादनको लागत बढी छ । नेपालमा प्रति लिटर दुध उत्पादन लागत ३३–३४ रुपैयाँ पर्छ भने छिमिकी चीनमा १२–१५ रुपैयाँ पर्छ । यहाँ दुधको उत्पादकत्व पनि कम छ ।
दुधालु बस्तु
नेपालमा दुध उत्पादनको प्रमुख स्रोत भैंसी र गाई हुन् । संसारमा सबैभन्दा धेरै दुध उत्पादन गर्ने देश भारत र खपत गर्ने देश चीन हो । भारतमा करिब १० करोड ५० लाख भैंसी छ ।
नेपालमा आ.व.२०७३/०७४ सम्म गाई र भैसीको संख्या यस्तो छ:
| क्र.सं. | विवरण | २०७१/०७२ | २०७२/०७३ | २०७३/०७४ | 
| १ | गाई | ७४,१८,८९४ | ७२,४१,७४३ | ७३,४७,४८७ | 
| २ | भैंसी | ५१,४२,९१० | ५१,६७,७३७ | ५१,७७,९९८ | 
नेपाली भैंसी तथा गाईको प्रति वेत दुध उत्पादन क्षमता अन्य देशको तुलनामा कम छ । यो हुनुको मुख्य कारण उन्नत जातका पशु उपलब्ध नहुनु नै हो ।
नेपालमा रहेका गाई तथा भैसीको जात तथा विशेषताहरु
| गाईका जात | विशेषता | 
| जर्सि गाई | प्रति वेत दुध उत्पादन ५००० देखि ६००० लिटर सम्म | 
| होलिस्टिन फ्रिजियन | प्रति वेत दुध उत्पादन ६५०० देखि ९००० लिटर सम्म | 
| ब्राउन स्वीस गाई | प्रति वेत दुध उत्पादन ५५०० लिटर सम्म | 
| साहिवाल गाई | प्रति वेत दुध उत्पादन १३५० लिटर सम्म | 
| रेड सिन्धी | प्रति वेत दुध उत्पादन १५०० देखि २२०० लिटर सम्म | 
| हरियाण गाई | प्रति वेत दुध उत्पादन १२०० लिटर सम्म | 
| भैसीका जात | विशेषता | 
| लिमे भैंसी | प्रति वेत दुध उत्पादन १०४८ लिटर सम्म | 
| पार्कोटे भैंसी | प्रति वेत दुध उत्पादन १००० लिटर सम्म | 
| मुर्रा भैंसी | प्रति वेत दुध उत्पादन १५०० देखि २५०० लिटर सम्म | 
राज्यको नीतिको प्रतिक्षा
राज्यले दुग्ध क्षेत्रलाई प्राथामिकतामा राखेमा दुधमा आत्मनिर्भर १–२ बर्षमा नै बन्न सकिने विज्ञहरु वताउँछन् । यसका लागि गाई तथा भैंसीहरुको उन्नत नश्ल विकास गर्ने तथा पशु आहारको गुणस्तरीयता वृद्धि गर्ने काम भने गर्नुपर्ने हुन्छ ।
नेपालमा रहेको स्थानीय जातका कामधुनु गाईका प्रजातिहरुको विकास गरी कम लागतमा बढी उत्पादन गर्न सकिन्छ । पशुपालनलाई घाँसमा आधारित गराउँदा पनि कम लागतमा बढि प्रतिफल प्राप्त गर्न सकिन्छ ।
कस्ता योजनाहरु बनाउनुपर्छ ?
पशुलाई लाग्ने खोरेत, भ्यागुते, चरचरे, पटके तथा थुनेलो जस्तो रोगको उपचारको लागी पशुपालक किसानलाई सचेतना गराउने तथा प्रजनन्सँग सम्बन्धित बाँझोपना, साल अडकिने समस्या, भंडार फर्कने समस्या, बाच्छा बाच्छी अड्कने र गर्भ तुहिने समस्याको केही प्राथामिक रोगथामको उपायहरुको तालिम प्रदान दिनुपर्छ । यस्ता तालिम तथा सचेतनाले प्राथामिक उपचारको काम गर्नुको साथै क्षति हुने सम्भावना पनि कम हुन्छ ।
नेपाली दुन्ध व्यावसायिकहरुको प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने हो भने पनि दुध तथा दुधजन्य वस्तु निर्यातको सूचिमा सहजै आउँछ । दुध उत्पादन अल्पकालिनमा तथा दीर्घकालीन योजना बनाएर अघि बढ्नुको बिकल्प छैन ।
पशु आहाराको सहज उपलब्धतामा जोड, पोसिलो घाँसको बीउ उत्पादन, पशु चिकित्सक अध्ययन हुने विश्वविद्यालय स्थापना, उन्नत नश्ल सुधार कार्यक्रम त्रीबता, गाँउ घरका वस्तुको व्यावसायिकतामा जोड जस्ता दीर्घकालीन योजनाका साथ सरकार अघि बढनु पर्छ ।
नेपाल दुधमा आत्मनिर्भर भएपछि पनि अतिरित्त दुधलाई चक्लेट, मिठाई तथा आइक्रिम र अन्य लामो समयसम्म रहन सक्ने दुग्धजन्य प्रदार्थ उत्पादनमा प्रयोग गर्न सकिने बिज्ञहरु बताउँछन् ।
यसका लागि दुधको गुणस्तर र स्थानिय बजारको मागलाई भने ध्यान दिनुपर्ने हुन्छ । सुपर मार्केटमा अल्ट्रा हिट ट्रिटमेन्ट जन्य दुग्ध उत्पादनमा जानु पर्छ ।
पशु आहाराको सहज उपलब्धतामा जोड, पोसिलो घाँसको बीउ उत्पादन, पशु चिकित्सक अध्ययन हुने विश्वविद्यालय स्थापना, उन्नत नश्ल सुधार कार्यक्रम त्रीबता, गाँउ घरका वस्तुको व्यावसायिकतामा जोड जस्ता दीर्घकालीन योजनाका साथ सरकार अघि बढनु पर्छ ।
नेपालको दुग्ध व्यावसायमा संलग्नहरुको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने, दुध ज्यादा आयात गर्ने देशहरुसँग सहकार्य गरी निर्यातको वातारण बनाउने, कृषकलाई अनिवार्य रुपमा पशु बीमा गर्ने व्यवस्था मिलाउने सँगसँगैे प्रिमियम रकममा अनुदान बढाउने, किसानलाई ऋणको ब्याजमा अनुदानको व्यवस्था गर्ने जस्ता काम गर्नु पर्छ ।
 
                   
             
               
               
				 
				 
               
               
               
                                                             
                                                             
                                                             
                                                             
                                                 
                                                 
                                                 
                                                