सिप्रदीयन सहायता संस्थाद्वारा बाढी पीडितलाई राहत वितरण

काठमाडाैं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिको सामाजिक संस्था सिप्रदीयन सहायता संस्थाद्वारा हालैमात्र सप्तरी जिल्ला, सप्तकोशी नगरपालिका, फत्तेपुर स्थित बाढी प्रभावित परिवारहरुलाई आधारभूत आवश्यकताका सामाग्रीहरु राहतस्वरुप वितरण गरेको छ ।

 

मनसुनका कारण देशैभरीका ३१ भन्दा धेरै जिल्लाहरु प्रभावित भएका छन् । जसका कारण ११ हजार ८ सय ३९ भन्दा धेरै घर बार बिहिन भएका छन भने ९० भन्दा धेरैले ज्यान गुमाएको पुष्टि भईसकेको छ । सिप्रदीयन सहायता संस्थाको १० जनाको स्वयंसेवक टोलीले सप्तकोशी नगरपालिका वडा नं ६ का २ सय ६० घरधनीलाई प्रति घर २५ केजी चामल, १.५ केजी दाल, १ केजी नुन र १ लिटर खाना पकाउने तेल लगायतका सामाग्रीहरु राहतस्वरुप वितरण गरेको छ ।

 

साथै उक्त नगरपालिका वडा नं ७ का ५० घरधनीलाई सोहि बमोजिमको राहत सामाग्रीहरु वितरण गरेको छ । उक्त राहत सामाग्रीहरु स्थानिय निकायका जनप्रतिनिधिहरु, राजनीतिक व्यक्तित्वहरु साथै सिप्रदीसँग आबद्ध व्यवसायीहरुको उपस्थितिमा वितरण गरिएको हो ।

तराईका बाढी प्रभावितहरूलाई आइएमई फाउन्डेसनद्वारा राहात वितरण Read Previous

तराईका बाढी प्रभावितहरूलाई आइएमई फाउन्डेसनद्वारा राहात वितरण

कृषकको जीवनस्तर उकास्न नसकेको दुग्ध व्यवसाय Read Next

कृषकको जीवनस्तर उकास्न नसकेको दुग्ध व्यवसाय