तराईका बाढी प्रभावितहरूलाई आइएमई फाउन्डेसनद्वारा राहात वितरण

काठमाडौं । असारको अन्तिम साता आएको अविरल वर्षाका कारण प्रभावित सिराहाको नाराह गाउँपालिकाका विभिन्न वडामा आइएमई फाउन्डेसनले राहत सामाग्रीहरु वितरण गरेको छ ।

 

दैनिक उपभोगका लागि आवश्यक पर्ने सामाग्री सहितको एक/एक प्याकेट बाढी प्रभावित उक्त क्षेत्रका कूल एक सय घरमा वितरण गरेको थियो । स्थानीय जनप्रतिनिधि र प्रहरी प्रशासनको रोहबरमा गरिएको राहात सामाग्री वितरण कार्यक्रममा आइएमई ग्रुपमा कार्यरत स्थानीय प्रतिनिधिहरू एवम् व्यवसायीक साझेदारहरू समेतको उपस्थिति रहेको थियो ।

 

आइएमई फाउन्डेसन आइएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापित एक मुनाफारहित परोपकारी संस्था हो । शिक्षा, स्वास्थ्य, खेलकुद लगायतका विभिन्न क्षेत्रमा योगदान दिँदै आएको यस फाउन्डेसनले प्राकृतिक विपत्तीबाट प्रभावितहरूको पुर्नस्थापनामा विशेष योगदान पुर्याउँदै आएको छ । फाउन्डेसनले विभिन्न कारणले बाबुआमा गुमाएका १५ बालवालिकाहरूलाई काठमाडौंको सानोगौचरस्थित महेन्द्र आवसीय माध्यामिक विद्यालयमा पूर्ण छात्रवृत्तिमा आवासीय पठनपाठनको व्यवस्था मिलाएको छ ।

महालक्ष्मी विकास बैंकले गर्यो अस्पताललाई सहयोग Read Previous

महालक्ष्मी विकास बैंकले गर्यो अस्पताललाई सहयोग

सिप्रदीयन सहायता संस्थाद्वारा बाढी पीडितलाई राहत वितरण Read Next

सिप्रदीयन सहायता संस्थाद्वारा बाढी पीडितलाई राहत वितरण