महालक्ष्मी विकास बैंकले गर्यो अस्पताललाई सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंकको परासी शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पृथ्वीचन्द्र अस्पताल, रामग्राम नवलपरासीलाई तातो चिसो पानी आउने वाटर डिस्पेन्सर, वाटर प्युरिफायर तथा वाटर मोटर मेसिन निःशुल्क प्रदान गरेक छ ।

 

बैंकको उक्त शाखाले सो अस्पताल परिसरमा एक कार्यक्रम आयोजना गरी उक्त सामाग्रीहरु हस्तान्तरण गरेको हो । बिरामीहरुका लागि पर्याप्त मात्रामा तातो चिसो पानीको व्यवस्था मिलाउने उद्देश्यले बैंकद्वारा अस्पताललाई वाटर डिस्पेन्सर र वाटर प्युरिफायर वितरण गरिएको हो । यसका साथै उक्त अवसरमा अस्पतालका बिरामीहरुका लागी फलफुल पनि वितरण गरिएको थियो ।

 

बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।

पुनर्निर्माण प्राधिकरणले ५७ हजार भूकम्प पीडितलाई लाभग्राही सूचीबाट हटायो Read Previous

पुनर्निर्माण प्राधिकरणले ५७ हजार भूकम्प पीडितलाई लाभग्राही सूचीबाट हटायो

तराईका बाढी प्रभावितहरूलाई आइएमई फाउन्डेसनद्वारा राहात वितरण Read Next

तराईका बाढी प्रभावितहरूलाई आइएमई फाउन्डेसनद्वारा राहात वितरण